spot_img
Wednesday, May 8, 2024
Homeखेलकुदक्रिकेटमा नगद पुरस्कारै पुरस्कार

क्रिकेटमा नगद पुरस्कारै पुरस्कार

spot_img

पछिल्लो केही वर्षलाई बिर्सने हो भने छोटो समयमा ठूलो फड्को मारेको नेपाली खेलमा पर्छ क्रिकेट । राष्ट्रिय टोलीले पाएको सफलतासँगै सरकारले पनि बेला–बेला नगद पुरस्कार प्रदान गर्ने गरेको आएको छ ।युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर क्रिकेटको पुरस्कारलाई संस्थागत मात्र गरेको छैन, रकममा उल्लेख्य बृद्धि गरेको छ । बिहीबार मन्त्रिपरिषदले पास गरेको यो कार्यविधिअनुसार १३ प्रकारका प्रतियोगितामा पदक तथा उपाधि जितेमा क्रिकेट खेलाडी र प्रशिक्षक मात्र होइन, क्रिकेट संघले पनि नगद पुरस्कार पाउँछ ।कार्यविधिमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुददेखि सम्बन्धित खेलका अन्तर्राष्ट्रिय फेडेरेसनले गरेका प्रतियोगिता, विद्यालय खेलकुद, युथ ओलम्पिकलगायतका प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कार रकम तोकिएको छ । सबभन्दा धेरै भने क्रिकेट प्रतियोगिता परेका छन् ।
कुन खेलमा कति पुरस्कार
खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुसार आईसी विश्वकपको उपाधि जितेमा क्रिकेट टिमका खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँछन् । प्रशिक्षकले १३ लाख, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ६ लाख ५० हजार तथा खेल संघले १३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
जितेमा खेलाडीले जनही २६ लाख, प्रशिक्षकले ७ लाख ८० हजार, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकले ३ लाख ९० हजार तथा खेल संघले ७ लाख ८० हजार पुरस्कार पाउनेछन् । कांस्य जितेमा खेलाडीले जनही १९ लाख ५० हजार, प्रशिक्षकले ५ लाख ८५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले २ लाख ९० हजार र संघले ५ लाख रुपैयाँ नगद पाउनेछन् ।
महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएमा खेलाडीलाई राम्रै रकम पाउनेछन् । यो विधातर्फ स्वर्ण जिते खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । रजत जिते १३ लाख र कांस्य जिते ९ लाख १० हजार जनही पुरस्कार पाउने व्यवस्था कार्यविधिमा छ । यस विधामा पनि प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो र खेल संघलाई नगद पुरस्कारको व्यवस्था छ । विश्वकप र महादेशीय प्रतियोगिता दुवैमा कुन फम्र्याट भनेर उल्लेख गरिएको छैन ।
डिभिजन टू बाट वानमा पुग्दा स्वर्ण जितेमा खेलाडीले जनही ६ लाख ५० हजार र दोस्रो भएमा जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण जितेमा प्रशिक्षकले २ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले १ लाख ६० हजार तथा खेल संघले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो भएमा प्रशिक्षकले १ लाख ६० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले १ लाख ३० हजार तथा संघले १ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।विश्व क्रिकेट लिग डिभिजन थ्रीबाट टूमा उक्लँदा स्वर्ण जितेमा खेलाडीले जनही २ लाख ६० हजार रुपैयाँ पाउनेछन् । प्रशिक्षकले १ लाख ३० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ९५ हजार तथा संघले १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
उमेर समूहको विश्वकपमा स्वर्ण जिते खेलाडीले जनही १६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । एसियन कपको स्वर्ण जितेमा खेलाडीले जनही १० लाख पुरस्कार पाउनेछन् । क्षेत्रीय एसियाली खेलकुदमा स्वर्ण जिते ५ लाख, रजत जितेमा ३ लाख र कांस्य जितेमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ ।
एशियाली क्षेत्रीयस्तरको उमेर समूहको प्रतियोगितामा स्वर्ण जितेमा टोलीका खेलाडीले जनही ३ लाख र रजत जितेमा १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उमेर समूहको एसियाली प्रतियोगितामा स्वर्ण जितेमा जनही ८ लाख, रजत जितेमा ४ लाख ८० हजार र कांस्य जितेमा २ लाख ४० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था छ ।दुई देशबीचको एकदिवशीय अन्तर्राष्ट्रिय तथा टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेमा खेलाडीलाई जनही १ लाख, प्रशिक्षकलाई ७५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलनई ५० हजार तथा संघलाई ७५ हजार रुपैयाँ पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ । तीन वा त्यसभन्दा बढी टोली सम्मिलित एकदिवशीय अन्तर्राष्ट्रिय वा टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेमा टोलीका सबै खेलाडीले जनही २ लाख, प्रशिक्षकले १ लाख ५० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले १ लाख तथा टिमलाई १ लाख ५० हजार रुपैयाँ दिइनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here