विश्व फार्मेसी दिवसको अवसरमा बाँकेको नेपालगंजमा नेपाल फार्मेसी संघ बाँकेले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । औषधिको तार्किक प्रयोग,बहुऔषधि सेवन,स्वऔषधी प्रयोग,औषधि लगायतको फार्मासिस्टको भुमिका विषयमा शैक्षिक सेसन समेतको कार्यक्रम गरीएको थियो ।नेपाल फार्मेसी संघ,बाँके जिल्ला कार्यसमितिका अध्यक्ष अविनाश गुप्तको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा औषधि व्यवस्था विभाग,शाखा कार्यालय नेपालगंजका प्रमुख निनु श्रेष्ठ रहेको आयोजकले जानकारी दिएको छ ।नेपाल फार्मेसी संघ बाँकेका महासचिव लेखनाथ शर्माको समेत उपस्थित रहेको कार्यक्रममा औषधी व्यवस्था विभाग ,शाखा कार्यालय नेपालगंजका फार्मेसी निरिक्षकहरु,भेरी अस्पतालमा कार्यरत फार्मासिस्टहरु तथा शुशील कोइराला प्रखर क्यान्सर अस्पताल,खजुरामा कार्यरत फार्मासिस्टहरु लगायत बाँकेका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत फार्मासिस्टहरु लगायतका बाँके जिल्लामा कार्यरत फार्मेसी शाखाका प्रमुख तथा फार्मासिस्टहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा औषधिको तर्कसंगत प्रयोग ,पोलीफार्मेसी,स्व–औषधोपचार ,औषधि–औषधि अन्तरक्रिया र स्वास्थ्य सेवामा फार्मासिस्टको भुमिकासमेत समसामायिक र महत्वपुर्ण विषयमा जानकारी,अनुभव र विचारहरु साझा गरीएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा यो वर्षको विश्व फार्मेसी दिवसको मुल नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टहरुलाई सशक्त बनाउँदै’ लाई अपनाउँदै ,फार्मासिस्टहरुको ज्ञान,क्षमता र पेशागत भुमिकालाई बलियो बनाउने र सुरक्षित तथा तर्कसंगत औषधि प्रयोगसम्बन्धी जनचेतना बढाउने महत्पुर्ण योगदान रहेको छ । कार्यक्रममा पेशाको महत्व ,औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य सेवामा फार्मासिस्टको भुमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो ।
00











