बाँकेको नेपालगंजमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा विहिबार एकै साथ युगवाणी जर्नल र साहित्य सृजनाको लोकपर्ण भएको छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा विगत लामो समयदेखि क्रियाशिल रहदै आएको नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँकेको आयोजनामा आयोजित कार्यक्रममा क्याम्पसमा शिक्षासँगै साहित्यमा जोड्द थालिएको वक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा।लालमणि आर्चायले प्रतिभा सबैमा हुने गरेका तर प्रतिभालाई पस्फुटन गर्ने थलो नहुदा समस्या आएको अवस्थामा क्याम्पसलाई शिक्षा र साहित्यका माध्यमबाट समेत चिनाउन सकिने बताए । क्याम्पस प्रमुख डा.आचार्यले भने,‘हरेक व्यक्तिमा विभिन्न प्रकारका प्रतिभा हुने गर्दछ तर त्यसलाई बाहिर ल्याउनका लागि अनुकुल थलो र वातावरण आवश्यक पर्दछ जसलाई महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजले प्रदान गर्दै आएको छ ।‘ फरक प्रसंगमा बोल्दै क्याम्पस प्रमुख डा।आचार्यले पछिल्लो समयमा क्याम्पसलाई आवश्यक पर्ने भौतिक पुर्वाधारको ९० प्रतिशत पुरा भएको अवस्था हुदाँ अवका दिनमा क्याम्पसका हरेक गतिविधि अझै महत्वपुर्णका साथ अगाडि बढ्ने बताए ।क्याम्पस प्रमुख डा.आचार्यले भने,‘क्याम्पसमा हुने हरेक गतिविधिहरु सबैको साझा प्रयासबाट भएका हुन,यसरी नै क्याम्पसको प्रशासन लगायतका शिक्षाका गतिविधि अगाडि बढ्नु पर्दछ ।’

यसैगरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका पुर्व क्याम्पस प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथि डा.गोपाल प्रसाद अधिकारीले सबै भन्दा पहिला आफुसँग भएको संकुचित भावनालाई हटाउनु पर्ने बताउँदै भने,‘हामीले आफुलाई लागेको विषयमा बोल्ने लेख्ने गर्नु पर्दछ,केही कुरा नजान्दैमा केही समस्या हुदैन र हामीले सृजना कहिले पनि पुरानो हुदै भन्ने कुरामा विश्वास गर्नु पर्दछ ।’शुभकामना मन्तव्य दिदै सहायक क्याम्पस प्रमुख सुवास गौतमले साहित्य भनेको शिक्षाको अर्को एक आयाम भएको हुदाँ यसको आफ्नै महत्व रहेको बताए । यसैगरी अर्का क्याम्पस सहायक प्रमुख डा.विष्णु के.सी.ले हामीले आफैले आफैलाई चिन्न सक्नु पर्ने बताउँदै भने,‘ शिक्षा एवं साहित्यले भनेका ेसमाज परिवर्तनको एउता बाटो हो,शिक्षण संस्थाहरुमा साहित्यका कार्यक्रम भै राख्नु पर्दछ ’ । नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँकेका अध्यक्ष एवं महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज नेपाली विषयका प्रमुख गिरीराजमणी पौडेलको सभापतित्वमा आयोजना गरीएको कार्यक्रममा क्याम्पसका प्राध्यापक डा.इन्द्र भण्डारी,भेरी साहित्यका केन्द्रिय अध्यक्ष मिना बराल,साहित्य परिवारका सदस्य सुरेन्द्र रावल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । परिवारका सहसचिव अमिस विकले सहजीकरण गरेको कार्यक्रममा राजनीतिक शास्त्र विभागका विभागिय प्रमुख डा.अर्जुन प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँकेले सिर्जनाकुञ्ज साहित्यक पुस्तक र युगवाणी नाम अनुसन्धन जर्नल लोकपर्ण गरीएको सम्पादक मण्डलका प्रधान तथा क्याम्पस विसिए कार्यक्रमका कार्यक्रम संयोजक डा.हरि प्रसाद तिमिल्सेनाले जानकारी दिए ।कार्यक्रममा सहभागी क्याम्पसका विद्यार्थीहरुले विभिन्न साहित्यिक प्रस्तुती दिएका थिए ।












