बाँके जिल्ला डुडुवा गाउँपालिका वडा नम्बर ४मा रहेको श्रीमाध्यमिक विद्यालय,शाहपुर्वाका प्रधानाध्यापक बद्रे आलम खाँलाई शुक्रबार एक कार्यक्रममा विच विदाई तथा सम्मान कार्यक्रम गरीएको छ । आफ्नो ४० वर्ष १ महिना २१ दिनको अवधी विद्यालयमा पुरा गरेको गर्दै अवकाश प्राप्त गरेको खाँलार्ईैैै विद्यालयले एक औपचारिक कार्यक्रम गरी विदाई गरेको हो । यसै अवसरमा नवनियुक्त प्रधानाध्यापक सफीक खाँलाई स्वागत गर्दै पद हस्तान्तरण गरीएको आयोजक विद्यालयले जनाकारी दिएको छ । डुडुवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत सञ्जय कुमार कर्णको प्रमुख आतिथ्य र सोही शाखाका स्रोत व्यक्ति राम एकबाल मण्डलको विशिष्ट आतिथ्यमा सम्मान तथा विदाई कार्यक्रम गरीएका हो । सोही अवसरमा शाखा बरिष्ठ शिक्षा अधिकृत कर्णले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोशजाँगरले शैक्षिक संस्स्थालाई व्यवस्थित ढंगले अगाडि बढाउन सकिने बताए । विद्यालयका शिक्षक खुमराज बोहोराले सहजीकरण गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्नु खाँ पठानले समापन गरेका थिए भने कार्यक्रममा विभिन्न मदरसा,गुरुकुल र विद्यालयका प्रधानध्यापकहरु,शिक्षक,अभिभावक ,विद्यार्थी तथा कर्मचारी लगायको सहभागीता रहेको थियो











