spot_img
Thursday, November 5, 2026
Homeब्यानरलम्कीचुहामा घरबहाल सम्झौता दर्ता अनिवार्य, चार घरधुरीलाई असर नपर्ने गरी बाटो कायम

लम्कीचुहामा घरबहाल सम्झौता दर्ता अनिवार्य, चार घरधुरीलाई असर नपर्ने गरी बाटो कायम

spot_img

लम्कीचुहा। कैलालीको लम्कीचुहा नगरपालिकाले घरबहालमा लगाइएका घर तथा संरचनाको सम्झौता सम्बन्धित वडा कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्ने निर्णय गरेको छ। नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ४४औँ बैठकले घरबहाल कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो। बैठकले घरबहाल सम्झौता दर्ता गर्न १५ दिनको सूचना प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।

नगरपालिकाले घरबहालमा लगाउने घरधनी तथा भाडामा बस्ने व्यक्तिबीच भएको सम्झौता सम्बन्धित वडा कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था लागू गर्न लागेको हो। यसबाट घरबहालको अभिलेख व्यवस्थित हुनुका साथै नगरपालिकाको राजस्व संकलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बैठकले वडा नम्बर २ स्थित लम्की बसपार्क क्षेत्रमा बाटो कायम गर्ने विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ। उक्त क्षेत्रमा २० फिटको बाटो कायम गर्ने प्रस्ताव भए पनि चार घरधुरीको आवास पूर्ण रूपमा क्षति हुने अवस्था देखिएपछि हाल चलनचल्तीमा रहेको १५ फिटको बाटो कायम गर्ने निर्णय गरिएको छ। यसबाट स्थानीय बासिन्दाको घरजग्गामा कम क्षति हुने गरी बाटो व्यवस्थापन गर्ने नगरपालिकाको निर्णय छ।

त्यस्तै, नगरपालिकामा कार्यरत दुई जना कार्यालय सहयोगी र दुई जना कुचिकार गरी चार जना करार कर्मचारीको करार अवधि अन्त्य गर्ने निर्णय भएको छ। उनीहरूले हालसम्म गरेको योगदानको सम्मानस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय बैठकले गरेको छ।

बैठकले तीन निर्माण कम्पनीलाई घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ। माहीवान कन्स्ट्रक्सन प्रालि, परिधि कन्स्ट्रक्सन एण्ड कन्सल्टिङ प्रालि र पीपीएम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई आवश्यक प्रक्रिया पूरा गरी इजाजत दिने निर्णय गरिएको हो।

यसैगरी वडा नम्बर ३ को व्यवस्थितनगर क्षेत्रमा थप मतदान केन्द्र स्थापनाका लागि सिफारिस गर्ने निर्णय गरिएको छ। हाल त्यहाँका मतदाताले जीवनदीप प्राथमिक विद्यालय बल्चौरस्थित मतदान केन्द्रमा पुग्न करिब १५ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। उक्त क्षेत्रमा करिब ६ सय घरधुरी र चार हजार मतदाता रहेकाले श्री राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थितनगरमा थप मतदान केन्द्र स्थापना गर्न सिफारिस गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

बैठकले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन आवश्यक कागजातसहित भूमि समस्या समाधान समितिमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

नगर प्रमुख शाहीको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख जुना चौधरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो। बैठकले आसन्न दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने निर्णयसमेत गरेको छ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here