spot_img
Wednesday, September 16, 2026
Homeबजाररोयल इन्फिल्ड हन्टर ३५० नयाँ रंग र नयाँ भेरियन्टमा

रोयल इन्फिल्ड हन्टर ३५० नयाँ रंग र नयाँ भेरियन्टमा

spot_img

रोयल इन्फिन्डले  नेपालमा लोकप्रिय मोटर साइकल हन्टर ३५० लाई नयाँ रंग र थप सुविधासहित सार्वजनिक गरेको छ । कम्पनीले हन्टर ३५० लाई नयाँ रंग र थप सुविधिा सहित बुधबार बाँकेको नेपालगंजमा सार्वजनिक गरेको हो   । कम्पनीले हन्टर ३५०को टरम्याक ब्ल्याक भेरियन्टरसँगै टप भेरियन्टमा मुम्बई एल्लो र मुनसुट वाइट नयाँ रंग थपेको जनाएको छ ।नयाँ हन्टर ३५० माAlloy Wheels, Digi-analog Instrument Cluster, नयाँ राइडर इन्टरफेस, रोटरी स्विचगियर, Stitched Seat लगायतका सुविधाहरू उपलब्ध छन्। यसमा सिंगल च्यानल एबीएस (ABS) तथा Slip & Assist Clutch समेत रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ Tarmac Black भेरियन्टले हन्टर ३५० को मौलिक रोडस्टर डिजाइनलाई कायम राख्दै दैनिक प्रयोगका लागि थप सहजता प्रदान गर्नेछ। यसमा Alloy Wheels, राउन्ड हेडलाम्प, Digi-analog Instrument Cluster, रोटरी स्विचगियर तथा Stitched Seat लगायतका सुविधा समावेश गरिएको छ। हन्टर ३५० को नयाँ संस्करणमा डिजाइनका साथै राइडिङ अनुभवलाई सहज बनाउने गरी विभिन्न पक्षमा सुधार गरिएको कम्पनीको भनाइ छ।हन्टर ३५० को टप भेरियन्टमा Mumbai Yellow र Moonshot White दुई नयाँ रंग थपिएका छन्। कम्पनीका अनुसार Mumbai Yellow मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रंग हो। चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई आकर्षक र युवा लुक दिने कम्पनीको दाबी छ।नयाँ भेरियन्टको सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपाम पुगेका नेपालगंज उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष चिरञ्जीवी वलीले रोयल बाइकको आफ्नै स्थान भएको हुदाँ सबैको रोजाईमा पर्ने गरेको बताए । त्यस्तै, Moonshot White मा ‘Aurora’ अर्थात् शिकारी प्रकाशबाट प्रेरित अवधारणा प्रयोग गरिएको बताइएको छ। नयाँ रंगले मोटरसाइकललाई फरक तथा विशिष्ट पहिचान दिने कम्पनीले जनाएको छ।सामर्थ सिंह प्रमुख व्यवस्थापकका अनुसार हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताएका छन्। उनका अनुसार हन्टर ३५० को डिजाइन, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइकलिङ’ विशेषताले ग्राहकलाई आकर्षित गरेको छ।कम्पनीले नेपालमा हन्टर ३५० को नयाँ रंग तथा नयाँ भेरियन्टको बिक्री १६ सेप्टेम्बर २०२६ देखि सुरु हुने जनाएको छ।नयाँ Tarmac Black भेरियन्टको मूल्य ४ लाख ७६ हजार रुपैयाँ तोकिएको छ। टप भेरियन्टका Mumbai Yellow र Moonshot White रंगको मूल्य ५ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here