बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका –१२ का वडा अध्यक्ष तरुण कुमार वज्राचार्य सहितको टिमले पदभार ग्रहण गरेका छ ।स्थानिय तहको निर्वाचन सकिए लगतै देशभर नवनिर्वाचित जनप्रतिनिधिले नयाँ÷नयाँ निर्णय सार्वजनिक गदै आफ्नो पदभार ग्रहण गर्ने क्रममा वडा नं.१२ का वज्राचार्य सहितको टिमले पदभार ग्रहण गरेको हुन । पदभार ग्रहण गर्ने क्रममा वडामा रहेका सार्वजानिक सम्पत्तिहरुको संरक्षण,विद्यालयहरुको स्तर उन्नति तथा वडा सरसफाईलाई प्रभावकारी ढंगले अघि वढाउने लगायतका निर्णयहरु गरीएको वडा अध्यक्ष वज्राचार्यले बताए । वडा अध्यक्ष वज्राचार्यले आफुहरुको टिमलाई निर्वाचित गराएको वडाबासीहरुलाई धन्यवाद समेत दिएको बताए ।पदभार ग्रहण पश्चात प्रतिक्रिया दिदै वडा अध्यक्ष वज्राचार्यले जनमुखी काम गर्ने बताए ।उनले भने,“हामीले वडाको विकासका लागि घोषण पत्रमा नै धेरै कुराहरु समेटेका छौ,तर पनि अन्य विषयहरुलाई पनि समेटेर वडाका लागि काम गर्ने छौ ।” पदभार ग्रहण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश वन,भु–तथा वातावरण संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले बाँकेमा नेपाली कांग्रेसलाई विश्वास गरेर निर्वाचित गराएकोमा निर्वाचित जनप्रतिनिधिहरुले पनि विश्वास गुम्ने खालका क्रियाकलाप गर्न नहुने बताए ।नेता हमालले वडा नं.१२ का नवनिर्वाचित वडा अध्यक्ष वज्राचार्य सहित नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य शुसिल पन्त,चन्दा चिडिमार,राजकुमार वाल्मिकि र राप्रपाबाट निर्वाचित वडा सदस्य विनोद रस्तोगि लगायतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

पदभार ग्रहण कार्यक्रममा नेपाली कांग्रेस पुर्व उद्योग मन्त्री तथा पुर्व पार्टी सभापति गजेन्द्र हमार्ल पार्टि सभापति किरण कोइराला,प्युठानका पुर्व पार्टि सभापति दिवाकर गौतम, नेपाली कांग्रेस जिल्ला सदस्य रबिन्द्र हमाल,नेपाली कांग्रेस बाँके क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेश गुप्ता,महाधिवेशन प्रतिनिधि अजित शर्मा,स्थानिय नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा स्थानिय वडाबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रम स्थानिय नेपाली कांग्रेसका नेता रोशन श्रेष्ठले सहजीकरण गरेका थिए ।