spot_img
Wednesday, May 8, 2024
spot_img

समूह हुँदै सहकारीको यात्रामा महिला उद्यमी
खजुरा गाउँपालिकामा संचालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तरगत विभिन्न समूहमा आवद्ध महिलाहरुले अब सहकारीको बाटोमा अग्रसर हुन थालेका छन् । खजुराका ३ हजार महिलालाई सहकारीमा आवद्ध गर्दै उनीहरुको आर्थिक, समाजिक रुपमान्तरण गरिन लागिएको छ । यही अभियान अन्तरगत खजुरा वडा नं. ८ र ७ का महिलाहरुलाई सहकारीमा आवद्ध गराउँदा हुने फाइदाका बारेमा जानकारी दिइएको छ । व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधी, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी लगायतका थुप्रै फाइदाका लागि समूहका महिलालाई सहकारी जोड्न लागिएको हो । खजुरा गाउँपालिकामा रहेका २ वटा सामाजिक उद्यमी महिला सहकारीमा उनीहरुलाई आवद्ध गराई व्यवसाय विकासमा अग्रसर गराउने कार्यक्रम उद्देश्य रहेको जनाइको छ । खजुरा वडा नं. ७ मा भएको कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ३ वर्षे परियोजनामा करीब ४ करोड लागत रहेको बताए । उनले संघको २५ वर्षे र प्रदेशको २० वर्षे आवधिक योजनामा टेकेर खजुराले तय गरेको १५ वर्षभित्र खजुरालाई समृद्ध बनाउने सपना यो कार्यक्रमले टेवा पु¥याउने उल्लेख गरे । उनले प्राविधिक सहयोग हेफर र साझेदार इन्रुडेक रहेको यो कार्यक्रममा पहिलो वर्ष ४० जना युवालाई ४० हजार टोकन मनी दिएर रोजगारमुलक व्यवासयमा लगाएको बताए । पहिलो वर्ष समूह गठन, बाख्रा वितरण कुखुरा वितरण गर्दै बाख्रा उपहार गर्दै आएका महिलाहरु अब सहकारीमा आवद्ध भएर अगाडि बढ्नु पर्ने बताए । उनले जनप्रतिनिधिले गरेको ५ वर्षको कामको मूल्यांकन गर्ने बेला आएको बताउँदै सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताए । इन्रुडेकका अध्यक्ष धर्मलाल रोकाय, हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेललगायतले आर्थिक र सामाजिक रुपान्तरणका लागि समूह हुँदै सहकारीमा महिलालाई आवद्ध गराउन लागिएको जानकारी दिए । कार्यक्रममा खजुरा गाउँपालिका कार्यपालिका सदस्य सितादेवि गुरुङ, सदस्य पूर्णिमा सुनार, झलाराम राढलगायतको सहभागिता रहेको छ । लालीगुराँस समूह र चाँदनी समूहले हालसम्म समूहले गरेको प्रगति विवरण प्रस्तुत गर्दै मासिक बचत, पसल र कुखुरा पालन तालिम, बाख्रा बिउ बोका, गहुँको बीउ निम्न बर्ग सदस्यलाई रासन बितरण गरेको जानकारी दिए । यो कार्यक्रम वडा नं. ८ मा कार्यवाहक अध्यक्ष मुढैइ साँइको पनि आजै संचालन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here