spot_img
Tuesday, October 22, 2024
Homeब्यानर‘उपभोक्ताको विश्वास नै हाम्रो पहिचान हो’ ः भाटभटेनी नेपालगन्ज

‘उपभोक्ताको विश्वास नै हाम्रो पहिचान हो’ ः भाटभटेनी नेपालगन्ज

spot_img

बाँकेको नेपालगञ्ज स्थित रहेको भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरले आफुले उपभोक्ताको स्वास्थ्य संग कुनै किसिमको खेल्वाड नगरेको स्पष्ट पार्दै उपभोक्ताको विश्वास नै आफ्नो पहिचान भएको बताएको छ ।

गत मंगलबार उपभोक्ता हित संरक्षण समिती बाँकेको संयुक्त बजार अनुगमन टोलीले भाटभटेनीमा बिक्रीका लागि राखिएका बेकरी म्याद गुज्रिएका कच्चा पदार्थबाट बनेका खुलासा गरेको थियो । अनुगमन टोलीले नेपालगञ्ज १८ सुर्खेत रोडमा अपरक्राष्ट प्रा।लि। चुच्चेपाटी काठमाडौंको नामले संचालनमा रहेको बेकरीबाट म्याद गुज्रेका कच्चा पदार्थ भटाएको थियो । जसपछी अनुगमन टोलीले उक्त उत्पादन बिक्री गर्ने भाटभटेनी र रोयल क्याफेलाई पनि अनुसन्धानको दायरामा लिएको थियो । भाटभटेनी नेपालगञ्जका म्यानेजर भक्त बहादुर भुजेलले भने, ‘हामीहरुले उपभोक्ताहरुको स्वास्थ्य संग कुनै किसिमको खेल्वाड गरेका छैनौं । सामान बिक्री बितरणका लागि राख्दा हामीले हेर्ने भनेको सामान बनेको मिती र म्याद गुज्रिने मिती हो । उक्त सामान के कसरी उत्पादन गर्ने काम बेकरी र सप्लायर्सको हो ।’ तर बिक्री गरेकै कारण त्यसमा भाटभटेनीको समेत नाम जोडिन आएको भुजेलले बताए । यद्दपी यसमा भाटभटेनीको कुनै किसिमको सम्बन्ध नरहेको उनले स्पष्ट पारे ।
यता अपरक्राष्ट प्रा।लि। चुच्चेपाटी काठमाडौंका शाखा प्रवन्धक बिपुल बमले सप्लायर्सले भुलबस म्याद गुज्रेका कच्चा पदार्थ पठाएकोमा आफुहरुले उक्त पदार्थलाई प्याकिङ्ग गरेर फिर्ता गर्नलाग्दा अनुगमन टोली समेत आईपुगेको मिडियाकर्मीलाई जनाएका थिए । तर आफुहरुले उक्त म्याद गुज्रिएका पदार्थबाट बेकरी उत्पादन नगरेको दावी गरका थिए ।

त्यस्तै संयुक्त बजार अनुगमन टोली बाँकेले शुक्रबार गरेको अनुगमनमा पुनः भाटभटेनीले बदमासी गरेको सार्वजनिक गरेको थियो । भाटभटेनी सुपरमार्केटले चर्को मुल्यमा सामान बिक्री गरेको खुलाईएको थियो । जसमा भाटभटेनी २ लाखको जरिवाना गरेको छ ।

वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय नेपालगञ्जका अनुसार ‘डग फुडस’ चर्को मुल्यमा बिक्री वितरण गरेको पाइएकोमा २ लाख जरिवाना गरेको प्रमुख कृष्ण प्रसाद पौडेलले बताए ।

वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय नेपालगञ्ज

उनका अनुसार वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय बाँकेका महेश्वर पौडेल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविण राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यायलका विवेक सुवेदी लगायतकोसहभागितामा शुक्रबार अनुगन गरिएको थियो ।

वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौडेल

उक्त बिषयमा भाटभटेनी नेपालगञ्जका म्यानेजर भक्त बहादुर भुजेलले भने, ‘हामीले सामान बनेको मिती, म्याद गुज्रिने मिती, डयामेज देखि लिएर सबै हेरेर मात्र बिक्रिका लागि राख्छौं । मुल्यको मामलामा पनि हामी सकेसम्म सस्तोमा सर्भस गर्न खोज्छौं । सबै सामान ठिक हुदाँ हुदैँ पनि अनुगमन टोलीले बाकीं सबै सामानमा संतोषजनक रहेको बताएका थिए । तर हाम्रो एउटा आइटम ‘डग फुडस’मा बढी मार्जिन राखेर बेचेको कुरा आएको थियो । यद्दपी सप्लायर्सले हामीलाई समेत बढी मार्जिन लिएर बेचेको थियो । हामीले ३० पतिशत मार्जिन मध्य पनि १० प्रतिशत डिस्काउन्टमा ‘डग फुडस’ बिक्रीका लागि राखेका थियौं । तसर्थ हामीले २० प्रतिशत मात्र मार्जिन राखेर उभोक्तालाई बेचेको थियौं । अनुगमन टोलीले खरिदको बिल हेर्दा बढी मुल्य देखिएको हो ।’
उनले थपे ‘हामीले खाना लायक नै नरहेको वा ड्यामेज वस्तु बेचेको भन्ने भ्रम मात्र हो । बरु हामीले कोरोना महामारीको बेला पनि ज्यान जोखिममा राखेर पनि उभोक्तालाई कुनै प्रकारको कमी आउन दिएका थिएनौं । उपभोक्तले दैनिक रुपमा प्रयोग गर्ने सामान जस्तै चिनी समेत हामीले बाहिरी मुल्य भन्दा पनि सस्तो मुल्यमा उप्लब्ध गराएका थियौं ।’

‘डग फुडस’ भाटभटेनी नेपालगञ्जमा नयाँ आइटम थियो । उक्त वस्तु ल्याएको दुई मात्र भएको थियो की अनुगमन टोलीले जरिवाना गर्यो जबकी बिक्री नै नभएको म्यानेजर भुजेलले जानकारी दिए ।

भाटभटेनी नेपालगञ्जका म्यानेजर भक्त बहादुर भुजेल

भाटभटेनी बाँके मात्र नभई अन्य जिल्लाहरुका लागि पनि भर पर्दो सुपरमार्केटको रुपमा चिनिएको छ । कोरोना संक्रमणको जोखिमका कारण नेपालीहरुको बजार भनेर प्रख्यात रहेको रुपैडिहा जान रोक लगाइएको थियो । त्यस समयदेखि भाटभटेनीले सबै मागहरु आपुर्ती गर्दै आएको छ ।उपभोक्तालाई भाटभटेनीले सामान उपलब्ध गराउने काम मात्र नभई १८६ जनालाई रोजगारी समेत दिएको भुजेलले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here