spot_img
Thursday, May 9, 2024
Homeब्यानरनेपाल स्वास्थ्यकर्मि संघ दाङको अध्यक्षमा हरि पुन

नेपाल स्वास्थ्यकर्मि संघ दाङको अध्यक्षमा हरि पुन

spot_img

नेपाल स्वास्थ्यकर्मि संघ(हिपोन)दाङको जिल्ला अध्यक्षमा हरि पुनको अध्यक्षतामा सर्व सम्मत कार्यसमिति चयन गरिएको छ । शनिबार दाङ जिल्लाको धारापानीमा सम्पन्न अधिवेशनबाट अगामी ४ वर्षे कार्यकालका लागि जिल्ला अध्यक्षमा पुनको नेतृत्वमा कार्यसमिति चयन गरीएको हो ।समितिको जिल्ला खुल्ला उपाक्ष्यक्षमा प्रदिप योगी,उपाध्यक्ष महिलामा कविता शर्मा,उपाध्यक्ष सरकारीमा नारायण शर्मा,उपाध्यक्ष निजिमा चिरञ्जीव ढकाल,महिला स्वास्थ्य स्वयंसेविकाको प्रतिनिधित्व गर्ने उपाध्यक्षमा धना जि.सि.,समावेशी उपाध्यक्षमा बबि महत,सचिवमा रुपलाल पाण्डे,कोषाध्यक्षमा रमेश बुढाथोकी,सहसचिवमा सरकारीमा विरेन्द्र खड्का ,निजी क्षेत्र सहसचिवमा रमिता गौतम,महिला स्वास्थ्य स्वसेविकाको तर्फबाट तिला जि.एम रहेका छन भने युवा तर्फको सहसचिवमा विक्रम राना रहेका छन । यसैगरी समितिमा कृष्णा आचार्य,कुलराज चौधरी,विष्णु भण्डारी र राजदेवी चौधरी सर्वसम्मत सदस्यमा निर्वाचित भएको छन ।
स्वास्थ्यकर्मीहरुको हकहितका पक्षमा काम गर्दै आएका नेपाल स्वास्थ्यकर्मी संघको दाङ शाखाको नयाँ नेतृत्वमा पुनको सर्वम्म नेतृत्वलाई प्रदेश तहका स्वास्थ्यकर्मीहरुले समेत अब्बल नेतृत्वको रुपमा हेरिएको उपस्थिति स्वास्थ्यकर्मीहरुको भनाई रहेको थियो । नवनिर्वाचित अध्यक्ष पुन तथा उनको सम्पुर्ण कार्यसमिति सम्पुर्ण स्वास्थ्यकर्मीहरुको हकहितका पक्षमा लाग्ने तथा स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउन र स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्ने प्रजातान्त्रिक जनस्वास्थ्य संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष नरेश बाबु श्रेष्ठले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here