spot_img
Monday, May 20, 2024
Homeखेलकुदस्व. राम निवास यादवलाई खेल मार्फत सम्झदै बाँके तेक्वान्दो संघ

स्व. राम निवास यादवलाई खेल मार्फत सम्झदै बाँके तेक्वान्दो संघ

spot_img

बाँके तेक्वान्दो संघले जानकी गाउँपालिका प्रमुख स्व.राम निवास यादवर्ला खेल मार्फत सम्झन लागेको छ । खेल क्षेत्रमा क्षमता अभिवृद्धि तथा स्वा.यादवको स्मृतिमा बाँके जिल्ला स्तरीय प्रथम स्व.राम निवास यादव स्मृती तेक्वान्दो प्रतियोगिता बाँकेको जानकी गाउँपालिकामा हुने भएको हो । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो संघको मातहतमा रहेको जानकी गाउँपालिका आई.टि.एफ तेक्वान्दो डोजाङ्गको आयोजनामा यही चेत्र १८ र १९ गते जानकी गाउँपालिकाका रहेको खजुरा खुर्द जानकी माध्यामिक विद्यालयमा हुने भएको हो ।स्थानिय जानकी गाउँपालिकाका अध्यक्ष स्वर्गीय राम निवास यादवको स्मृतीमा आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाबा १० वटा डोजाङ्गबाट करिब तीन सय खेलाडिहरु सहभागिता रहने आयोजक जानकी आई.टि.एफ. तेक्वान्दो डोजाङ्गका प्रमुख तथा कार्यक्रम संयोजक जगदीश प्रसाद यादवले पत्रकार सम्मेलन गरी जानकारी गराए ।आया्ेजित प्रतियोगितामा ५० जना अफिसियल र भोलेन्टरको समेत उपस्थिति रहने छ ।प्रतियोगितामा पुरुष तथा महिलाको २० के.जि.देखि ७५ के.जी.सम्मको तौल समुहमा प्रतियोगिता हुने संयोजक यादवले जानकारी दिए ।प्रतियोगितामा २४ वटा गोल्ड ,२४ सिल्भर तथा ४८ कास्य पदकका लागि खेलाडिहरु प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा खेलाडीहरुलाई खाजा तथा खानाको व्यवस्था आयोजकले गर्ने आई.टि.एफ.महासंघका केन्द्रिय सदस्य होम सुनारले बताए । सदस्य सुनारका अनुसार प्रतियोगिताको अनुमानित लागत भने ६ लाख ७९ हजार गरिएको छ भने प्रतियोगितामा लाग्ने खर्च स्थानिय निकाय तथा नेपाल आई.टि.एफ.तेक्वान्दो महासंघको मातहातमा रहेको जिल्ला आई.टि.एफ. तेक्वान्दो संघद्धारा संचालित जानकी आई.टि.एफ।तेक्वान्दो संघले व्यहोर्न छ ।
प्रतियोगिताको प्रमुख अतिथिमा स्वा.यदावका छोरा हिमान्शु यादव रहने तथा समापन समारोहको प्रमुख अतिथिमा जानकी गाउँपालिका कार्यवाहक अध्यक्ष भुमिसरा धिताल रहने नेपाल तेक्वान्दो संघ नेपालका बाँके जिल्ला अध्यक्ष रंजित गिरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here