spot_img
Monday, May 20, 2024
Homeब्यानरस्वास्थ्य शाखामा रहेका फाजिल कर्मचारीलाई पुर्ण फिर्ता पठाउँदै कोहलपुर नगरपालिका

स्वास्थ्य शाखामा रहेका फाजिल कर्मचारीलाई पुर्ण फिर्ता पठाउँदै कोहलपुर नगरपालिका

spot_img

बाँके जिल्ला कोहलपुर नगरपालिकाले नगर स्वास्थ्य शाखामा रहेका फाजिल कर्मचारीलाई पूर्ण फिर्ता पठाउने भएको छ । कोहलपुर स्वास्थ्य शाखामा नेपाल सरकारको स्वीकृत दरवन्दीमा २१ जना कर्मचारी रहेका छन् भने कोहलपुर नगरपािलकाका पूर्व मेयरको माग अनुसार नगरपालिकाले माग गरेक १८ जना कर्मचारी मन्त्रालयले पठाएको थियो । तर मन्त्रालयले आर्थिक वर्ष २०७८÷०७९ मा उनिहरुले पाउने तलव भत्ता नपठाए पछि कर्मचारीहरुले आन्दोलन गरेका थिए । आन्दोलन भएपछि मन्त्रालयले उनिहरुको तलव भत्ता भन्दा २५लाख कम रकम आएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले वताए । मन्त्रालयले पठाएको रकममा कोहलपुर नगरपालिकाको चालु खर्चवाट २५लाख थप गरेर फाजिल कर्मचारीहरुलाई तलव खुवाएको ढकालले वताए । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यको टोली साउन महिलनामा मन्त्रालय गएर यस विषयमा कुरा गर्दा मन्त्रालयले कोहलपुरलाई आवश्यक भएका कर्मचारी राख्नु र तलव खुवाउनु यदि तलव खुवाउन नसक्ने भएमा कर्मचारीको दरवन्दी जहाँ छ त्यही पठाउनु भन्ने कुरा गरेपछि आफुहरुले साउन १२ गतेको कार्यपालिका बैठकबाट फाजिल कर्मचारी फिता गर्ने निर्णय गरेको आचार्यले वताए । यस विषयमा पिपलबोट दैनिकले स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोख्रेल संग कुरा गर्दा उनले भने नगरपालिकाले पहिला आफुले तलव खुवाउन नसक्ने गरेर दरवन्दी भन्दा बढि कर्मचारी किन माग गरेको हो र अहिले मन्त्रालयले अन्य ठाँउमा कर्मचारी पु¥याउन नसकेको अवस्थामा कोहलपुरलाई कर्मचारी थप १८ जना दिन नसक्ने पोख्रलले वताए ।उनले भने ‘मन्त्रालयले कोहलपुरको लागी थप तलव बाफत रकम दिन नसक्ने आफुहरुले प्रष्टरुपमा नगरपालिकालाई भनेको र अव उनिहरुको तलव नगरपालिकाले खुवाउनु पर्ने हुन्छ ’ नत्र दरवन्दी भएकोमा काज फिर्ता पठाउनु पर्छ पोख्रलले वताए । यता फाजिल कर्मचारी मध्यकी राधिका गैरेले भनिन् कोहलपुर नगरपालिकाले माग गरेर मन्त्रालयले आफुहरुलाई पठाएको हो अहिले नगरपालिकाले फिता पठाउन नमिल्ने उनले वताईन् । मन्त्रालय नगरपालिका विच दोहोरो सहमती भएर आफुहरु आएको वताईन् । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले भने स्वास्थ्यमा फाजिल कर्मचारी राखेर नगर पालिकाले विकास वजेट काटेर उहाँहरुलाई तलव खुवाउन नसकिने वताए । फाजिल स्वाथ्य कर्मचारीको तलव मात्र वर्षमा करिव २ करोड बरावरको भार नगरपालिकालाई पर्ने वताए । कोहलपुर स्वास्थ्य शाखा प्रमुखले पूर्ण वहादुर खड्काले भने नगरपालिका र मन्त्रालय विचको कुरा भएकाले आफुलाई त्यति यो विषयमा जानकारी नभएको वताए । कर्मचारीहरुको तलव नआउदा दरवन्दीमा रहेका कर्मचारीको तलव वाट बाटेर तलव खुवाउदा आफुहरुले पछि लामो समय तलव नपाएर समस्या भएको वताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here