spot_img
Monday, May 20, 2024
Homeशिक्षास्ववियुले बुझायो ज्ञापनपत्र

स्ववियुले बुझायो ज्ञापनपत्र

spot_img

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजले विहिबार विभिन्न माग राख्दै क्याम्पस प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । क्याम्पस प्रमुख डा.लालमणि आचार्यसमक्ष विभिन्न १५ बुँदे माग राखी ७२ घण्टा भित्र सम्पुर्ण मागलाई सम्बोधन गर्न ध्यानाकषर्ण पत्र बुझाइएको क्याम्पस स्ववियु अध्यक्ष माधव खत्रीले जानकारी दिएका छन । क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधाना गर्नु पर्नेभन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको र ७२ घण्टासम्म पनि स्ववियुले राखेका मागहर पुरा नभएमा थप थप सङ्घर्षका कार्यक्रमहरु गरिने अध्यक्ष खत्रीले जानकारी दिए । स्ववियु अध्यक्ष खत्रीका अनुसार क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बोर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने मागहरु पेश गरिएको छ ।

त्यसैगरी स्ववियु उपाध्यक्ष जिवनजंग शाहीले चमेना गृहको उचित व्यवस्थापन, ल्यावको व्यवस्थापन, कक्षाकोठामा बत्ती, पङ्खा, प्रोजेक्टर, डस्टबिन तथा ह्वाईट बोर्डको व्यवस्थापन गर्नुपर्ने, आन्तरिक स्रोतबाट सञ्चालित कार्यक्रमहरु (बिआईटी, बिसीए, बिएससी सिएसआईटी, बिबिए र बिपिए)का विद्यार्थीहरुसँग सम्बन्धित क्रियाकलापहरु स्ववियुको मातहतमा हुनुपर्ने, सम्पूर्ण सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, कर्मचारी त्रिवि नियमानुसार निर्धारित समय अवधिसम्म आफ्नो कार्यकक्षमा बस्नुपर्ने, सेमेस्टर कार्यक्रमको आयव्यय सार्वजनिक गर्नुपर्ने र सम्पूर्ण विद्यार्थीको परिचयपत्र समान किसिमको गराउनुपर्ने मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको बताए ।
यस्तै स्ववियुले राखेका मागहरु सकारात्मक रहेको भन्दै क्याम्पस प्रमुख डा. आचार्यले क्याम्पसको समग्र विकासका लागि सबै पक्ष मिलेर हातेमालो गरी अगाडि बढ्नुपर्ने बताए । क्याम्पस प्रमुख डा.आचार्यले विद्यार्थीले राखेका मागहरुका बारेमा छलफल गर्नका लागि शुक्रवार बिहान प्रशासन प्रमुख, विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुखसहितको बैठक बोलाएको जानकारी दिएका छन । क्याम्पस प्रमुख डा.आचार्यले कर्मचारी अभावका कारण पनि केही कुराको उचित व्यवस्थापन हुन नसकेको भन्दै आवश्यक सबै कुराको व्यवस्थापन गर्न क्याम्पस प्रशासन लागिरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here