spot_img
Monday, May 20, 2024
Homeब्यानरस्थानिय तहमा समस्यैसमस्या

स्थानिय तहमा समस्यैसमस्या

spot_img


पछिल्लो समय जनप्रतिनिधिहरुको उपस्थिति रहदा समेत स्थानियतहमा जनताका समस्यहरु समाधान भएको पाइदैन । घरदैलोमै सिंहदरबारको उपस्थिति हुदै गर्दा शिक्षा,स्वास्थ्य,कृषि,विपत तथा सडक व्यवस्थापन एवं वातावरणका लगायतका मानिसका आधारभुत आवश्यकताहरुको उपभोगमा स्थानियहरुले समस्या झेल्दै आएको पाइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सुचना र मानवअधिकार अनुसन्धान केन्द्रले बाके जिल्लाको डुडुवा गाउँपाकिलामा विहिबार आयोजित साझा सभामा उठेका सवालहरु माथि छलफलका क्रममा सो कुरा बाहिर आएको हो ।
कार्यक्रममा गाउँपालिकामा शिक्षा क्षेत्रतर्फ अम्रहवा विद्यालयमा विद्यार्थीको न्युन संख्या,नियमित शिक्षक अनुपस्थित,विद्यार्थी ड्रपआउट ,मदरसा शिक्षामा कक्षा स्वीकृति,विषयगत शिक्षक दरवन्दी ,दिवा खाजा,कृषितर्फ कृषक अनुदान,रासायनिक मल वितरण ,सिचाईका समस्या,कोरोना विरुद्धको खोपको व्यवस्थापन, गाउघर किल्निक तथा खोप व्यवस्थापन, भेरी डिस्टलरीबाट निस्कने दुर्गन्धीत फोहरले पारेको असर, टिप्पर आतंक तथा राप्ती र डुडुवा पुल जीर्ण र आवतजावतमा यात्रुलाई सास्ती लगायतका विषयमा समुदायका सहभागिहरुले आ–आफना समस्याहरु राखेका थिए ।
सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले मुलुक संघिय पुर्नसंरचनामा गएको खुशीको कुरा हो तर स्थानीय सरकार संचालन तथा व्यवस्थापनका लागि कानुन, निति, नियमको प्रभावकारी कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय सरकारका काम कारवाही गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन गर्न जरुरी रहेको भन्दै स्थानीय तह अन्र्तगत पनि अनुगमनको प्रभावकारी संन्यत्र निमार्ण गरि कार्य गर्नुपनेबताउनुभयो ।
डुडुवाका कार्यपालिका सदस्य लिलावती यादवले कार्यक्रममा उठेका विभिन्न सवालहरुलाई विषयगत शाखाबाट समाधान हुन नसकेका सवाललाई कार्यपालिका बैठकमा छलफल गरि समाधान तर्फ पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
सभामा आएका सवाल तथा समस्याहरु प्रति जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादव, कृषि ज्ञान केन्द्रका अधिकृत रामप्रकाश यादव, गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जय कर्ण, कृषि शाखा प्रमुख सुशिल शर्मा, स्वास्थ्य शाखा फोकल पर्सन हेमन्त शर्माले आएका कुराप्रति जवाफ दिदै कार्यन्वयनका लागि प्रतिबद्धता गर्नुभएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here