spot_img
Wednesday, May 1, 2024
Homeब्यानरसोधपत्र सम्बन्धी गोष्ठी सम्पन्न

सोधपत्र सम्बन्धी गोष्ठी सम्पन्न

spot_img

महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा एक दिने सोधपत्र सम्बन्धी गोष्ठी सम्पन्न गरीएको छ । आइतबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका क्याम्पस प्रमुख डा.लालमण्ी आचार्यको सभापतित्वमा सोधपत्र लेखन सम्बन्धीको गोष्ठी सम्पन्न भएको हो ।
शिक्षा संकाय तर्फका शिक्षक विद्यार्थीहरुलाई लाभ पुग्ने किसिमले सोधपत्र लेखन सम्बन्धी गोष्ठी सम्पन्न गरीएको क्याम्पसले जानकारी दिएको छ ।
आयोजित गोष्ठीमा बोल्दै क्याम्पस प्रमुख डा. लालमणी आचार्यले सिकाइएका विषयहरुलाई व्यवहारमा लागु पर्ने बताए ।
क्याम्पस प्रमुख आचार्यले भने,“डिन कार्यालयले पटक/पटक पाठ्यक्रम परिवर्तन गरी रहदा परिवर्तन भएको पाठ्यक्रम अनुसार क्याम्पसमा पढाउदै आउनु भएका सर मेडकहरुलाई तालिम तथा बेलामौकामा नदिदाँ निकै गाह्रो भएको हुन्छ,अतःयस तर्फ समेत सम्बन्धीत निकायको ध्यान जान निकै जरुरी छ ।”
यसैगरी शिक्षा शास्त्र संकायका डिन डाक्टर चित्र बहादुर बुढाथोकीले शिक्षकहरुमा समेत अध्ययन गर्ने बानीको बिकास हुनु पर्ने बताउँदै पछिल्लो समय शिक्षा संकायका शिक्षक तथा विद्यार्थीहरुलाई सहजता पुग्ने प्रकारले पाठ्क्रय निर्माण गरीएको बताउँदै भने,“पाठ्यक्रम पहिलाको जस्तो भएता पनि अध्ययनलाई अझै प्रभावकारी बनाउने विषयमा केही फरक भने देखिन्छ अतः अहिलेको पाठ्यक्रममा अनिवार्य रुपमा काम गर्नु पर्नेछ त्यसै अनुरुपमा डिन कार्यालयले तथ्याङिकरण गर्नेछ ” ।
यसैगरी कार्यक्रममा प्राध्यापक डा. भिमसेन देवकोटाले पछिल्लो समयमा शैक्षिक अनुसन्धानका विषयका परिवर्तित प्रणालीका बारेमा अभिमुखीकरण दिएका थिए भने शिक्षा संकाय डिन कार्यालयका डा.यदुराम उपे्रतीले प्रस्तावना लेखनका विषयमा अभिमुखीकरण दिएका थिए ।


शिक्षा शास्त्र संकायका कार्यक्रम संयोजक भट्ट तारादत्त महेशदत्तद्धारा स्वागत गरेको कार्यक्रममा पाठ्यक्रम तथा मुल्याङ्कन विष्णु केसीले सहजीकरण गरेका थिए ।
यसैगरी कार्यक्रममा सेरिड डाइरेक्टर डा.सुरेन्द्र गिरी,डा.हुम बहादुर वडुवाल,डा.देवराज आर्चाय,,उपप्रध्यापक कृष्ण प्रसाद त्रिपाठी लगायतको उपस्थिति रहेको शिक्षा संकाय अंग्रेजी विभाग प्रमुख डा.हरि प्रसाद तिवारीले जानकारी गराए ।
क्याम्पसका शिक्षा शास्त्र संकाय तर्फका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा परिमार्जन गरेको सोधपत्र लेखन विधि तथा प्रस्तावना लेखनको विषयमा गोष्ठी गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here