spot_img
Friday, May 17, 2024
Homeबजारसुरक्षित मातृत्व लगायतको विषयमा बाँकेमा अन्तरक्रिया

सुरक्षित मातृत्व लगायतको विषयमा बाँकेमा अन्तरक्रिया

spot_img

परिवार योजना, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारिता सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । हेल्थ टुडे मिडियाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बाँके, नेपाल परिवार नियोजन संघ बाँके र केयर नेपालसँगको सहकार्यमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा हेल्थ टुडे मिडियाका सम्पादक पदमराज जोशीले सुरक्षित मातृत्व लगायत स्वास्थ्य पत्रकारिताका विषयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीले उठाउनुपर्ने मुद्धा लगायत बारे प्रस्तुतीकरण गरेका थिए ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँके सुरक्षित मातृत्व फोकल पर्सन विष्णु श्रेष्ठ, नेपाल परिवार नियोजन बाँकेका कार्यालय प्रमुख रश्मी श्रेष्ठ र केयर नेपाल (युएसएआईडी) एएचआर कार्यक्रमका संयोजक केशवनरसिंह राणाले मातृ तथा शिशु मृत्युदरको अवस्था, सुरक्षित मातृत्व, परिवार योजनाका क्षेत्रमा गरेको कामका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सो क्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाही, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार निरज गौतम र पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा बाँकेमा क्रियाशिल दुई दर्जनबढी पत्रकारको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here