spot_img
Monday, May 20, 2024
Homeखेलकुदसिद्धार्थ र होलिल्यान्ड विजयी

सिद्धार्थ र होलिल्यान्ड विजयी

spot_img

जिल्ला नेपालगंज फुलटेक्रामा स्थित सिद्धार्थ विद्या सदन र सुर्खेत रोडमा रहेको होलिल्यान्डले अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगितामा मंगलबार जित हासिल गरेको छन ।
कोहलपुर क्रिकेट मैदानमा सिद्धार्थले नेपालगन्ज मोडेल एकेडेमी विरुद्धको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । टस जितेर ब्याटिङ गरेको सिद्धार्थ २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३३ रन बनाएको थियो । टोलीका लागि प्रदिप कोरीले ३४ रन,आयुश गुरुङले १६ रन जोडे ।
नेपालगन्ज मोडेलका हिमाल विष्ट र हिमाल कुँवरले ३–३ विकेट लिए । जवाफमा नेपालगन्जले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३२ रनमात्र जोडन सकेको थियो । नेपालगन्जका लागि विवेक पुन मगरले सर्वाधिक ४१ रन बनाए । जिसन बस्नेत र राजेन्द्र मौर्यले समान रुपमा अविजित १० रन जोडेका थिए । म्यान अफ द म्याच सिद्धार्थका सुमित ठाकुरले सर्वाधिक ५ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चेका थिए । यसैगरी प्रदिप कोरीले २ विकेट लिए । यसैगरी अर्को खेलमा होलिल्यान्डले ब्राइटल्यान्डलाई ६७ रनले पराजित गरेको छ ।टस जितेर ब्याटिङ गरेको होलिल्यान्डले १८.३ ओभरमा १ सय ४३ रन बनाएर अलआउट भयो । होलिल्यान्डका लागि हर्सिल जंग शाहीले सर्वाधिक ४२ रन बनाए । ब्राइटल्यान्डका दिपेश परियारले ३ विकेट लिएका थिए । १ सय ४४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको ब्राइटल्यान्डले १५.६ ओभरमा ७६ रन बनाएर अलआउट भएको थियो । खेलमा ४२ रन र ४ विकेट लिएका होलिल्यान्डका हर्सिल जंग शाही म्यान अफ द म्याच घोषित भए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here