spot_img
Thursday, May 9, 2024
Homeशिक्षासिकलसेल विरामीलाई निःशुल्क उपचारका लागि विमा

सिकलसेल विरामीलाई निःशुल्क उपचारका लागि विमा

spot_img

सिकलसेल एनिमिया,बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरु निःशुल्क उपचार पाउने भएका छन ।लुम्बिनी प्रदेश सरकारले यस प्रकारका विरामीहरुको निःशुल्क उपचार विमाको सुरुवात गरेपछि उपचार निःशुल्क पाउने भएका हुन । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको राप्ती सोनारी अस्पताल बैजापुरबाट निःशुल्क वीमा कार्यक्रम बुधबारबाट सुरुवात गरेको हो ।लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले राप्तीसोनारी गाउँपालिकामा रहेका सिकलसेल,थालेसिमिया तथा हेमोफिलियाका विरामीहरुलाई वीमा कार्ड हस्तान्तरण गर्दै वीमा कार्यक्रमको सुरुवात गरेका हुन ।

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहत होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताए । प्रदेश मन्त्री खनालले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न वीमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको पनि बताए । ‘विपन्न तथा गरिव परिवारलाई बीमा कार्यक्रममा समेट्न झनै आवश्यक छ उनले भने–‘नत्र उपचार अभावमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।’
प्रदेश स्वास्थ खनालले थारुबाहुल भएका जिल्लाहरुमा वंशाणुगत सिकलसेल र थालेसिमिया रोगको अवस्था जटिल जनस्वास्थ्य समस्या भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामुलक कार्यक्रमलाई पनि प्रभावकारी ढंगबाट लैजाने प्रतिबद्धता जनाए । सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधिन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी संचालन गरिने मन्त्री खनालले बताए । मन्त्री खनालले उक्त अस्पतालका लागि प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिए।
यसैगरी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्यआर्जनसँग जोड्न आवश्यक रहेको बताईन । रोगबाट पीडित परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन आवश्यक रहेको विकास मन्त्री केसीको भनाइ रहेको थियो ।
यस्तै लुम्विनी प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले सिकलसेल तथा थालेसिमिया बिरामीलाई उपचार र बीमासँगै आर्थिक आयआर्जनका कार्यक्रमसँग जोड्ने गरी योजना ल्याउन मन्त्री खनालको ध्यानाकर्षण गराईन । सभासद थारूले सिकलसेलका बिरामीलाई आजिवन उपचारको व्यवस्था सरकारले गर्नुपर्ने धारणा राखिन। राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बीमा गरिएको छ ।
यसैगरी राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिए।७० हजार जनसंख्या रहेको राप्तीसोनारीमा ३५ हजारको संख्यामा थारु समुदाय हाराहारी रहेकाले उनीहरु सबैको स्क्रिनिङ गरेर रोगीको पहिचान गर्ने अभियानमा पालिका रहेको पनि अध्यक्ष पौडेलको भनाइ छ । अध्यक्ष पौडेल ले सिकलसेल जाँचका लागि आवश्यक पर्ने केमिकल महंगो पर्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहयोगको आग्रह पनि गरे।
वीमा सुभारम्भ कार्यक्रममा लुम्विनी प्रदेशसभा सदस्य माया पुन, मीना बोहरा सिद्दिकी, सुशिला नेपाली, स्वास्थ्य मन्त्रालयका सचिव डा।जनार्धन पन्थी, भेरि अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह ,स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठ, राप्तीसोनारी र नरैनापुरका जनप्रतिनिधि लगायतका सहभागिता रहेको राप्तीसोनारी गाउँपालिकाका प्रवक्ता मीनराज खड्काले बताए ।
प्रदेशका ६ जिल्लामा ३ हजार ३ सय देखि चार हजारको हाराहारीमा सिकलसेलका रोगी पुष्टि भएका छन् । ती मध्ये कतिपयलाई स्थानीय सरकारले आफै बीमा गरिदिएको छ । ३ हजार ५सय रूपैयाँको वीमा गरे बापत सिकलसिलका विरामीका परिवारले एक लाख रूपैयाँ सम्मको उपचार सुविधा पाउने हुदाँ यस अघि आफुहरूले धेरै उपचारमा हजारौं खर्च गर्नु परेका हुदा केहि राहत महसुस गरेको राप्ती सोनारी गाउपालिका ९३ बस्ने सिकलसेलका विरामि रमेश चौधरी ले बताए । यसैगरी राप्ती सोनारि कै अर्को सिकलसेल विरामि जगदीश थारूले विमा कार्यक्रमले हुदा निकै खुशी भएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here