spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यसाहित्यिक स्रष्टाहरुको सम्मान हुनेछ ःमेयर प्रशान्त विष्ट

साहित्यिक स्रष्टाहरुको सम्मान हुनेछ ःमेयर प्रशान्त विष्ट

spot_img

बाँके नेपालगंज उमपहानगरपालिकाका मेयर प्रशान्त विष्टले साहित्यिक स्रष्टाहरुलाईको सम्मान गर्नु पर्ने बताएका छन । शनिबार बाँकेको नेपालगंजमा भेरी साहित्य समाज केन्द्रिय समिति द्धारा आयोजित प्रेम प्रकाश मल्ल“मधुकर”को ८७ औ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका मेयर विष्टले सो कुरा बताएका हुन । नेपालगंज उपमहानगरपालिका कला साहित्यको भण्डार भएको हुदाँ यसको संरक्षण तथा स्रष्टाहरुको सम्मान गर्नु पर्ने बताए । मेयर विष्टले साहित्यकार प्रेम प्रकाश मल्ल“मधुकर”लाई नजिकैबाट चिनेको भन्दै बाँकेको मात्रै नभएर साहित्यकार“मधुकर”को साहित्यको कर्मले नेपाल चिनाएको बताए ।साहित्यलाई माया गर्नु तथा स्रष्टाहरुको कृतिलाई सम्मान गर्नु पनि मानव विकासको एक अंग भएको भन्दै मेयर विष्टले साहित्यकार मधुकरको सम्झानामा नेपालगंजमा केही गरीने समेत प्रतिवद्धता व्यक्त गरे ।“हामीले कला,साहित्यको जर्गेना तथा विकास लागि केही वजेट समेत छुटई सकेको छौ,अतःसबै मिलेर नेपालगंजको चिनारीलाई कला साहित्यको माध्यमबाट समेत चिनाउन सकिन्छ” मेयर विष्टले भने ।नेपालगंज उपमहानगरपालिका मेयर विष्टले प्रेम प्रकाश मल्ल “मधुकर”को सम्झानामा प्रेम प्रकाश मार्ग समेत निमार्ण गरिने बताए । मेयर विष्टले भौतिक विकाससंगै कला,सस्कृति तथा साहित्यको विकासलाई सगसगै लैजानु पर्ने बताए । कला,सस्कृतिलाई अन्य विकाससंग जोड्न नसकेमा त्यो विकास अपुरो हुने मेयर विष्टको बुझाई रहेको बताए ।भेरी साहित्यक समाज केन्द्रिय समितिका अध्यक्ष हरी तिमिल्सेनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर विष्ट प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको सहजीकरण समितिका सचिव लेक प्रसाद प्याकुरेलले गरेका थिए । कार्यक्रममा वरिष्ठ आख्यानकार सनत रेग्मी,साहित्यकार सैयद नेपाली लगायतलाई नगद तथा प्रमाणपत्र सहित सम्मान समेत गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here