spot_img
Monday, May 20, 2024
Homeब्यानरसवारी दुर्घटनामा ६ जनाको मृत्यु

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

spot_img

बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित सडकमा ना.३ च ८८५१ नम्बरको पिकअपले ना.५१ प ३४९५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय धर्म प्रसाद सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअपले उक्त मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई ना.६ ख ८६६८ नम्बरको ट्रकले समेत उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने दुबै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी दाङ जिल्ला लमही नगरपालिका-६ बलरामपुरस्थित सडकमा रा.५ प ५७१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने २५ वर्षीय अरुण देवकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी सिन्धुली जिल्ला दुधौली नगरपालिका–४ खनियास्थित सडकमा बा. प्र ०३–००१ ख‍ ०२८४ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम आले मगरको छोरी ३ वर्षीया प्रेनिशा आले मगरको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–१० स्थित सडकमा को.११ प ७९३२ नम्बरको मोटरसाइकललाई को.१ ख ६१६२ नम्बरको बसले आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक तेह्रथुम साब्ला बस्ने ५४ वर्षीय बम बहादुर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर जिल्ला मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा बाग्मती प्रदेश ०१–००६ ख ३६४० नम्बरको ट्रक र ना.२३ प ७०६२ नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सिरहा जिल्ला नरहा गाउँपालिका–५ स्थित सडकमा स.१ त ७९५ नम्बरको ट्याक्टर र स.८ प ७१९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णुपुर गाउँपालिका–२ गढिया बस्ने २६ वर्षीय मुकेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरका चालक र सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here