spot_img
Saturday, April 27, 2024
Homeब्यानरसमाजसेवी कुवारद्धारा बालबालिकालाई पाठ्य सामाग्री वितरण

समाजसेवी कुवारद्धारा बालबालिकालाई पाठ्य सामाग्री वितरण

spot_img

साबित्री गिरी
मानिसले केक काटेर मनाउने जन्म दिनलाई बाँकेका एक शैक्षिक अगुवाले विपन्न बालबालिकालाई पोसाक र पाठ्य सामाग्री वितरण गरेर मनाएका छन । शनिबार बाँकेका शैक्षिक अगुवा श्याम कुवरले आफ्नो जन्म दिनको अवसरमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं.३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा दाङ पुरुवामा अध्ययनरत अति विपन्न २० बालबालिकालाई पोसाक र स्टेशनरी वितरण गरेका हुन ।नेपालमा अधिकांशले आफ्नो जन्मदिनको अवसरमा रमाइलो गर्ने र केक काट्ने चलन रहेको भएता पनि कुवरले पाठ्य सामाग्रीका साथै पोसाक वितरण गरेका हुन । यसैगरी आफ्नो जन्म दिनको अवसरमा पारेर समाजसेवी तथा शिक्षक कुवरले “सभ्यताको घर” बाल आश्रमका १४ बालबालिकालाई खाद्यान्न् र स्टेशनरी वितरण गरेका छन । शनिबार परेको जन्मदिनको अवसरमा नेशनल प्याब्सनका केन्द्रिय सदस्य,हिमालय विद्या निकेतनका संस्थापक तथा निर्देशक कुवरले जन्मदिनको अवसरमा विभिन्न सामाजिक कामहरु गर्दै आएको बताएका छन । समाजिक कामबाट खुशीको अनुभव गर्ने कुवरले सामाग्री वितरण धेरै ठुलो कार्य नभएता पनि यसले भविष्यका कर्णधारका रुपमा रहेका बालबालिकाहरुलाई केही सहयोग मिल्ने विश्वास लिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here