spot_img
Sunday, May 5, 2024
Homeब्यानरसमाजसेवालाई राजनीति सँग जोड्नु हुदैनः डा.आरजु राणा

समाजसेवालाई राजनीति सँग जोड्नु हुदैनः डा.आरजु राणा

spot_img

नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवालले समाज सेवालाई राजनीतिसँग जोड्न नहुने बताएकी छन । जाजरेकोटमा गएको विनाशकारी भुकम्पबाट पिडित महिला तथा बालवालिकाहरुलाई डिग्नीटी किट,एवंम पौष्टिक तथा पोषिलो आहार सहितको झोला हस्तान्तरण कार्यक्रमलाई शुक्रबार नेपालगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी डा.राणाले सो कुरा बताएकी हुन । कार्यक्रममा डा.राणाले, ‘यो सामाजिक सेवा हो,पार्टिगत विषय हुदैन,यसमा दुखमा परेकाहरुलाई सहयोग गर्ने विषय हो ,तरुण दलले जाजरकोट पुगेर घर बनाउने काम गर्यो,तरुण दलप्रति हामीलाई विश्वास लाग्यो अनि यी सामाग्री पनि उसैलाई बाँडनका लागि हस्तान्तरण गरीएको हो ।’
प्रकृति विपदका बेला नागरीकलाई सहयोग गर्नु ठुलो कुरा नभएर दायित्व पनि भएको हुदाँ थोरै भए पनि सहयोग होस भन्ने कामनाका साथ हामीले यो सामाग्री वितरण गर्न लागिएको कांग्रेस नेतृ डा.राणाको भनाई रहेको थियो ।‘सामाजिक कार्यकर्ता भएको नाताले पहिले देखि सहयोग गर्दै आएको हो,जाजरकोटका भुकम्प पिडितलाई धेरै गाह्रो भएको अवस्था छ ,गर्भवती,सुत्केरी महिलालाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि तत्काल हामीले के गर्न सक्छौ भनेर यो सहयोग गरेका हौ ।’डा.राणाले भनिन ।
तरुण दलले जाजरकोट सम्म सामाग्री पुर्याएर भुकम्प पिडितको घरमा वितरण गर्ने विश्वास रहेको बताउँदै नेतृ डा. राणाले भनिन,‘हामीले यो सबै सामाग्री जाजरकोटसम्म पुर्याउँछौ ,कति घर धुरीले पायो भन्ने रिपोर्ट तरुण दलले हामी लगायत नेपाली कांग्रेस पार्टिलाई समेत बुझाउनु पर्छ ।’डा.राणाले भनिन । भुकम्पबाट प्रभावित बालबालिकाको शिक्षा दिक्षाको लागि समेत स्थानिय तहबाट सिफारिस अनुसार सहयोग गर्न सकिने डा.राणाले बताएकी छिन ।


यसैगरी कार्यक्रममा सामाग्री ग्रहणगरी जाजरकोट पुर्याउने जिम्मेवारी लिएर आएको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले आफुहरु भुकम्प प्रभावित क्षेत्रमा पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भुकम्प पिडितको अवस्था अत्यन्त दयनीय रहेको बताए । ‘त्रिपालमुनी बसेका ७२ परिवारलाई हामीले १० दिन भित्र अस्थायी टहरामा सार्न सफल भयौ ।’अध्यक्ष गुरुङले भने,‘यो सामाग्री हामी जाजरकोटका पिडितको घरमा पुर्याउछौ ।’ तरुण दलले जनताको घर दैलोमा पुग्ने तर पुरानो शैलीमा निकै परिवर्तन ल्याउने बताउँदै अध्इक्ष गुरुङले भने,‘हामी भाषण मात्रै गर्दैनौ ,प्रत्यक्ष रुपमा जनताको मन छुने कार्यक्रम लिएर जादैछौ ।’
ग्रामिण महिला विकास तथा एकता केन्द्र(रुडुक) काठमाडौ,सुरक्षित मातृत्व संजाल महासंघ, काठमाडौ, पपुलेसन कनेक्सन,अमेरिका,हिमालयन रि इन्स्योरेन्स प्रा.लि.काठमाडौ,नेपाल स्वास्थ्य फुड इन्डस्ट्री प्रा.लि.,मोरङ र माननीय डा. राणा देउवाको सचिवालयको सयुक्त प्रयासमा गरीएको राहत हस्तान्तरण कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी,लुम्बिनी प्रदेश यातायात मन्त्री सरोज थापा(रोज राणा) ,प्रदेश सभासद बादशाह कुर्मी,माया पुन,मिना बोहोरा सिद्धिकी,नेपाल तरुण दल बाँके अध्यक्ष तथा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह,नेपाल तरुण दल नेपालगंज नगरका सभापति संदिपजंग शाह लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।कार्यक्रममा डिग्नीटी किट एक हजार थान र पौष्टिक तथा पोषिली आहार सहितको झोला एक हजार पाकेट जसमा २ केजी बराबरको पोषिलो आहार राखेर हस्तान्तरण गरीएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here