spot_img
Monday, May 20, 2024
Homeब्यानरशर्तसहित आमाको नामबाट नागरिकता

शर्तसहित आमाको नामबाट नागरिकता

spot_img

नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ’ संविधानको धारा ११ (५) मा उल्लेख छ । यसको अर्थ हो, संविधानले आमाको नामबाट पनि नागरिकता जारी हुने ढोका खुला गरेको छ ।संविधान जारी भएको ७ वर्षसम्म आमाको सार्वभौमसत्ता कार्यान्वयनमा आउन सकेन । कारण– संविधान कार्यान्वयन गर्ने गरी संघीय कानुन नै बनेन । तर, शुक्रबार प्रतिनिधिसभाले आमाको नामबाट पनि नागरिकता बनाउन सकिने गरी विधेयक पारित गरेको छ । तर, बुवाको पहिचान हुन नसकेको नेपाली नागरिकले आमाको नामबाट निशर्त नागरिकता भने पाउने छैनन् ।आफ्ना सन्तानलाई नागरिकता दिन र आफ्नो नामबाट नागरिकता दिलाउन नेपाली नागरिक आमाले राज्यले तय गरेका चारवटा शर्त पूरा गर्नुपर्नेछ । यस क्रममा राज्यले सोध्ने अनगिन्ती प्रश्नहरुको जवाफ दिनुपर्नेछ । गृहमन्त्रालयले तयार पार्ने नियमावलीमा प्रश्नहरुको ढाँचा राखिनेछ ।पारित विधेयकले अघि सारेको शर्त अनुसार आफ्ना सन्तानलाई नागरिकता दिन नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यहोराको ‘निज र निजको आमाले तोकिए बमोजिमको स्वघोषणा गर्नुपर्ने’ व्यवस्था छ ।
तर, निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगान नरहेको अवस्थामा सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्ने व्यवस्था शुक्रबार पारित भएको विधेयकमा छ ।नागरिकता विधेयकले आमाको नामबाट नागरिकता जारी गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजाने बाटो खोलेको छ । तर, राखिएका शर्तहरु (स्वघोषणा) झुटो ठहरिए कारबाहीको भागीदार हुनुपर्नेछ ।नेकपा एमालेकी सांसद विमला विक संवैधानिक व्यवस्था अनुसार आमाको नामबाट नागरिकता जारी हुने गरी कानुन बन्नु उल्लेखनीय भए पनि ‘स्वघोषणा’ गर्नुपर्ने शर्त राखिनु उचित नभएको बताउँछिन् । बाबु को हो ? कस्तो हो ?भन्ने कुरा उसको आमाले बताएपछि मात्रै थाहा हुने हो । एउटा सन्तानले नागरिकता लिनका लागि राज्यको अधिकारीसँग ‘मेरो बाबु चिन्दिन, यस्तो अपराधी मान्छे हो’ अथवा मेरो बाबु यस्तो खालको हो भनेर स्वघोषणा गर्ने कुराले त्यो सन्तानको आत्म सम्मान कहाँ पुग्छ ?त्यो सन्तानको स्वाभिमानको कुरा कहाँ पुग्छ ?’ सांसद विकको प्रश्न छ ।बरु यसको सट्टामा कुनै एउटा फारम बनाउने त्यसलाई सामान्य रुपमा भर्ने वा स्थानीय सरकारको सिफारिस लिएर कैफियतमा राख्ने प्रावधान उचित हुन सक्ने विकले सुझाव दिइन् ।उनले भनेजस्तै, आमाले आफ्नो सन्तानलाई नागरिकता दिलाउँदा एउटा शर्तको पालना गर्नुपर्ने हुन्छ । पारित विधेयकको दफा ४ मा आमाले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउँदा आमा र उसको सन्तान दुबैले बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्वघोषणा गर्नुपर्ने’, दफा ४ को उपदफा १ (१क) मा उल्लेख छ ।आमाको नामबाट नागरिकता प्राप्तीको निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्थामा सो को प्रमाणसहित निवेदकले स्वघोषणा गर्नुपर्ने प्रावधान यही दफामा राखिएको छ । गृह मन्त्रालयका अनुसार स्वघोषणाको ढाँचा नियमावलीमा तोकिनेछ ।यसले शर्त सहित भएपनि संविधान अनुसार आमाको नामबाट नागरिकता जारी गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजाने बाटो खोलेको छ । तर, राखिएका शर्तहरु ९स्वघोषणा० झुटो ठहरिए कारबाहीको भागीदार हुनुपर्नेछ ।पारित विधेयक अनुसार बाबुको पहिचान हुन नसकेको भनी गरेको स्वघोषणा झुटो ठहरिए एक बर्षदेखि तीन वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।‘‘स्वघोषणा झुटो ठहरेमा त्यस्तो झुट्टो स्वघोषणा गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । झुटो स्वघोषणा गरी नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ’ पारित विधेयकको दफा ५ को (३ ग) मा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here