spot_img
Monday, May 20, 2024
Homeब्यानरशनिबार विद्यार्थी स्वागत गर्दै स्ववियु

शनिबार विद्यार्थी स्वागत गर्दै स्ववियु

spot_img

स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजले आउँदो शनिबार क्याम्पसमा स्वागत कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको बारेमा जानकारी गराउँदै स्ववियुका अध्यक्ष माधव खत्रीले वार्षिक प्रणालीमा संचालित स्नातक तह प्रथम वर्ष विविएस,विएड,विएसी,विए, र विएसडब्लु र सेमेस्टर प्रणलीमा संचालित एविएस,एमए,एमएड प्रथम सेमेस्टरको स्वागत कार्यक्रम फागुन १९ गते शनिबार गर्न गइरहेको जानकारी गराए । यसैगरी स्ववियुका का सचिव हरेन्द्र बहादुर विश्वकर्माले एक सुचना नै जारी गरी सबैको उपस्थितिका लागि अनुरोध समेत गरेको बताए ।यसैगरी कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि आफुहरु लागि परेको स्ववियु उपाध्यक्ष जिवनजंग शाहीले जानकारी गराए । पछिल्लो समय पश्चिम क्षेत्रको पुरानो क्याम्पसको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा विभिन्न शैक्षिक क्रियाकलापका साथै अतिरिक्त क्रियाकलाप समेत हुदै आएको पाइएको छ । अन्य निजि क्याम्पस तथा कलेजको भन्दा सस्तो शुल्क तथा गुणस्तरीय शिक्षामा जोड दिदा महेन्द्र बहुमुखी क्याम्पस पढ्न इच्छा राख्ने जोकोहीको रोजाईको केन्द्र बन्दै आएको देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here