spot_img
Monday, May 20, 2024
Homeबजारव्यावसायिक हितका लागि प्रजातान्त्रिकको बनभोज कार्यक्रम

व्यावसायिक हितका लागि प्रजातान्त्रिकको बनभोज कार्यक्रम

spot_img

व्यावसायिक हितका लागि स्थापना भएको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले व्यवसायीक हितका लागि बनभोज कार्यक्रम गर्न लागेको बताएको छ । संघका अध्यक्ष संजय थापाको अध्यक्षतामा बसेको बैठकले व्यवसायीहरुको अवस्थामा निकै निरासाजनक अवस्थाको पुगेको हुदाँ प्रत्येक्ष रुपमा व्यवसायीका पिरमर्का लगायतका विषयमा बुझ्ने तथा उनीहरुका लागि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको उपस्थित हरेक रुपमा हुने विषयमा विश्वास दिलाउने उदेश्यले बनभोज कार्यक्रम गर्न लागिएको हो । बनभोज कार्यक्रमलाई व्यवसायीका हितका विषयमा केन्द्रित गराउने उदेश्यले कसरी व्यवासयीहरुका विषयमा जान्न र बुझ्न सकिने र संस्थालाई जिवन्त पार्ने उदेश्यले गर्न लागिएको बताउँदै संघका अध्यक्ष थापाले भने,“अहिले व्यवसायीहरुमा नैरासियता छाएको छ ,कसैको पनि व्यवसायी सफलता भन्ने कुरा नै नभएको अवस्था छ ,अतः बनभोजका माध्यमबाट सबैलाई एकै स्थानमा ल्याएर उहाँहरुको अवस्था बुझ्ने र अगाडि कसरी बढ्न सक्छौ भन्ने विषयमा समेत केन्द्रित हुने उदेश्य हो ।” अध्यक्ष थापाले अगाडि भने,“छिमेकी जिल्लाका समेत पाहुनाहरुको सहभागिता रहने भएको हुदाँ बनभोज मात्रै बनभोजमा सिमित नरहने र यसले संघको आगामी दिशानिर्देशन समेत गर्ने विषयमा विश्वास गरेको छौ ।”


यसैगरी नेपाली कांग्रेस जिल्ला सदस्य तथा संघ सल्लाहकार चिन्तामणी धितालले बनभोज लगायतका कार्यक्रमले सबैलाई एकै ठाँउमा भेला हुने अवसर जुटाउनुका साथै व्यवसायी हितका विषयमा छलफल गर्न तथा आपसी मनमुटावलाई मेट्न सहयोग गर्ने बताए ।यसैगरी प्रजातान्त्रिक व्यवसायी संघका उपाध्यक्ष तथा नेपालगंज उद्योग वाणिज्य संघका एशोसियटन सदस्य प्रदिप गुप्ताले नेपालगंज उद्योग वाणिज्य संघले केक काट्ने भन्दा अर्को काम केही नगरेको बताउँदै आफुहरु सधै व्यवसायी हितको पक्षमा रहेको र नेपालगंज उद्योग वाणिज्य संघले गर्ने व्यवसायी हित बाहिरका निर्णयहरुमा विमति जनाउँदै आएको बताए । एशोसियटन सदस्य गुप्ताले भने,“हामी नेपालगंज उद्योग वाणिज्य संघमा विजय भएर त गयौ तर अहिले सम्म व्यवसायी हितका विषयमा बाहेकमा हामीहरुले बिमति जनाउँदै आएको छौ ।”यसैगरी प्रजातान्त्रिक उद्योग व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष धु्रव प्रसाद दहालले बनभोज कार्यक्रमले सबैलाई एकै ठाँउमा ल्याउने बताउँदै भने,“यसमा शुभेच्छुक संस्था भएको हुदाँ नेपाली कांग्रेसले समेत अपनत्व ग्रहण गर्नु पर्ने हुन्छ र बनभोजका माध्यमबाट यस सस्थालाई कसरी अगाडि बढ्ने भन्ने मार्गनिर्देशन समेत मिल्ने हुन्छ अतः बढि भन्दा बढि साथीहरुको उपस्थित हुने बतावरण हामीले बनाउने छौ ।”
यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका सल्लाकार तथा नेपालगंजमा व्यवसायी अगुवा समेत रहेको ललितकुमार रौनियारले बजारमा व्यवसायीहरुको अवस्था निकै चिन्ताजनक भएको हुदाँ प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको ध्यान यस्ता विषयमा समेत जाने विषयमा आफु विश्वस्त रहेको बताउँदै भने,“संगठनको उदेश्य भनेको व्यपारीहरुको पिर मर्का बुझ्नु हुनु पर्दछ ,व्यवसायी हितमा हामीले के गर्न सक्दछौ भन्ने विषयमा लाग्नु पर्दछ यसको विषयमा चिन्तन मनन हुनु पर्दछ ,हामीहरु चन्दा दाता मात्रै होइनौ ।”


यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका नेपालगंज उपमहानगरपालिका नगर सभापति तथा नेपालगंज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य शिव प्रसाद दहालले उद्योग वाणिज्य संघले केही गर्न नसकिरहेको बताउँदै व्यवसायी हितमा एजेण्डाहरु आउने नगरेको र कार्यसमितिमा आफुहरु अल्पमतमा पर्ने भएको हुदाँ सबै एजेण्डाहरु पारित हुने गरेको हुदाँ अप्ठारो परिस्थित सृजना भएको बताए ।बाँके प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ जिल्ला कार्यसमिति र नगर कार्यसमितिको सयुक्त आयोजनामा बोलाइएको बैठकमा टे«ड युनियन कांग्रेस जिल्ला कार्यसमिति वरिष्ठ उपाध्यक्ष तोजेन्द्र विक,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका कोषाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नगर कार्यसमिति सचिव माधव प्रसाद पोखरेल लगायतले आफ्नो–आफ्नो भनाई राखेका थिए । बनभोज कार्यक्रमका संयोजक तथा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सचिव टेक बहादुर खड्का र सचिव हिमनाथ पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए भने बनभोज कार्यक्रम चैत्र ३ गते स्थानिय डुडुवा गाउँपालिका पर्ने लायन्स पार्कमा हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here