spot_img
Monday, May 20, 2024
Homeबजारव्यवसायी एक हुनुको विकल्प छैनः लोकतान्त्रिक उद्योगी व्यवसायी संघ बाँके

व्यवसायी एक हुनुको विकल्प छैनः लोकतान्त्रिक उद्योगी व्यवसायी संघ बाँके

spot_img

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत रहेका व्यवसायीक हितका लागि बनभोज कार्यक्रम सम्पन्न गरेको छ । चैत्र ३ गते शनिबारका दिन बाँकेको गाभरको लायन्स पार्कमा विभिन्न जिल्लाका व्यवसायी नेताहरुको उपस्थितिमा बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।बनभोजका कार्यक्रममा राखिएको एक औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पुर्व बन मन्त्री सुरेन्द्र बहादुर हमालले व्यवसायिक हितमा रहदै कसरी आफ्नो बजारलाई चलायमान बनाउन सकिन्छ भन्ने तर्फ व्यपारी नेतृथ्यको ध्यान जानु पर्ने बताए । नेता हमालले भने,“हामी व्यवसायीहरु एक हुन जरुरी छ,वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउनका लागि व्यवसायी आफै अग्रसर भएर अगाडी बढ्नु पर्दछ यसमा हाम्रो पुर्ण साथ र सहयोग रहने छ ।”यसैगरी प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष एवं कार्यक्रमका सभापति संजय थापाले देशको आर्थिक अवस्थाका बारेमा चिन्ता व्यक्त गर्दै व्यवसायी विचमा सम्वादको आवश्यकता परेको बताए । अध्यक्ष थापाले भने,“अहिले देशमा आर्थिक मन्दी सामान्य नभै विकराल छ जसको समाधान हामी एकदुई जना मिलेर हुने वाला छैन ,अतः आर्थिक मन्दीलाई हटाउनका लागि सरोकारवालाहरुले आर्थिक विकासका संयन्त्रहरुलाई पुर्ण रुपमा चलाउनु पर्ने देखिन्छ जो भैरहेको छैन ” । एकता नै व्यवसायी हितको एउटा मुख्य बाटो भएको हुदाँ सबै व्यवसायी एक ठाउँमा आउनु पर्ने अध्यक्ष थापाको जिकिर रहेको थियो ।प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंजमा उपमहानगरपालिका नगर अध्यक्ष शिव प्रसाद दाहालले स्वागत मन्तव्य दिएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण सापकोटा चौधरी,कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष धुव्र प्रसाद दाहाल,नेपालगंज उद्योग वाणीज्य संघका पुर्व महासचिव श्याम शर्मा,विष्णु प्रसाद लामिछाने,बाँके जिल्ला अदालत बार एसोसियसनका अध्यक्ष मेयर सिंह खत्री, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके सल्लाहकार ललित कुमार रौनियार,हरिश्रचन्द्र श्रेष्ठ,कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराई बाँके खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीप जंग शाह ,लोकतान्त्रिक उद्योगी व्यवसायी संघ जिल्ला कार्यसमिति ,नेपालगंज नगर कार्यसमिति ,नेपाली कांग्रेस जिल्ला कार्यसमितिका विभिन्न पदाधिकारीहरु,नेपाली कांग्रेसका शुभेच्छिुक तथा भातृ संगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको बनभोज कार्यक्रमका संयोजक तथा लोकतान्त्रिक उद्योगी व्यवसायी संघ बाँके जिल्ला कार्यसमितिका सचिव टेक बहादुर खड्काले जानकारी दिए ।यसैगरी लोकतान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका सचिव हिमनाथ पौडेलले सहजीकरण गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई स्वागत तथा सम्मान गरीएको थियो भने व्यवसायी हितका लागि आवश्यक सचेतना मुलक नाटक समेत प्रस्तुत गरीएको थियो ।कार्यक्रममा बाँकेका छिमेकी जिल्ला बर्दिया ,दाङ लगायतबाट व्यवसायी नेताहरुको उपस्थिति रहेको लोकतान्त्रिक उद्योगी व्यवसायी संघ बाँके जिल्ला कार्यसमितिका वरिष्ठ महिला उपाध्यक्ष उमा ग्राण्डनले जानकारी दिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here