spot_img
Monday, May 20, 2024
Homeब्यानरविव्यस अध्यक्ष र शिक्षकलगायतले तालको जग्गा कब्जा गरेपछि .....

विव्यस अध्यक्ष र शिक्षकलगायतले तालको जग्गा कब्जा गरेपछि …..

spot_img

नेपालगन्ज–बाँकेको नेपालगन्जस्थित फुल्टेक्रा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष र शिक्षकले नै सार्वजनिक तालको जग्गा कब्जा गरेको पाइएको छ । विव्यस अध्यक्ष भरतबहादुर बर्माले र शिक्षक रामसुमिरन मिश्रलगायतले फुल्टेक्रामा रहेको तालको जग्गा अतिक्रमण गरेको पाइएको हो ।

विव्यस अध्यक्षले करिब २ कठ्ठा बराबरको जग्गा अतिक्रमण गरेका छन् भने अन्यले पनि सोही अनुपातमा अतिक्रमण गरेको तथ्य बाहिर आएको छ । नेपालगन्ज उपमहानगरपालिका नापी शाखा प्रमुख पवन अर्यालका अनुसार तालको जग्गालाई नापनक्सा गर्दा पूर्व विश्वनाथ चर्टजी तथा पश्चिम भरतबहादुर वर्माको जग्गासम्म रहेको तालको जग्गा अतिक्रमण भएको छ ।

तालको जग्गा अतिक्रमणबारे निवेदन परेपछि तत्कालीन पुनरावेदन अदालत नेपालगन्जबाट भएको परमादेश आदेशको मर्म र भावना प्रतिकुल हुने गरी तालको कि।नं। ५१५ को जग्गामा प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्नु नगराउनु भनी आदेश गरिएको थियो ।

तर तालको जग्गा अतिक्रमणबारे स्थानीयले दिएको निवेदन विपरीत कार्य भएपछि उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश ध्रुवराज चन्द तथा माननीय न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासबाट पुनः २०७७ अषाढ २३ गते जग्गाबारे टुङ्गो नलागेसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भएको थियो । पूर्व विश्वनाथ चर्टजी तथा पश्चिम भरतबहादुर वर्माको जग्गासम्म, बद्री विशाल मिश्र, मुन्ने यादव, विनोद भारत, घनश्याम भारती र रामसुमिरन मिश्रलगायतको जग्गा रहेको स्थानीय अली अक्बर बेहनाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here