spot_img
Monday, May 20, 2024
Homeब्यानरविविध कार्यक्रम गरी ज्ञानोदयले मनायो १४औं राष्ट्रिय पुस्तकालय दिवश

विविध कार्यक्रम गरी ज्ञानोदयले मनायो १४औं राष्ट्रिय पुस्तकालय दिवश

spot_img

सवल समाजको आधार,सर्वाजानिक पूतकालयको विकास भन्ने नाराका साथ बाँकेको कोहलपुर नगरपालिकामा रहेको ज्ञानोदय सामाुदिायक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले विभिन्न कार्यक्रम गरी १४ औ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । आयोजित कार्यक्रममा सामुदायिक पुस्तकालयको विकास र सम्वद्र्वनमा स्थानिय सरकार तथा सरोकारवाला निकायको भूमिका अहम हुने कुरामा जोड दिइएको छ । दिवसको अवशरमा आयोजित ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिता एवम् सम्मान कार्यक्रममा आफ्नो भनाई राख्दै कोहलपुर नगरपालिका उप–प्रमुख सञ्जु कुमारी चौधरीले पुस्तकालयको सर्वाङ्गिण विकासको लागि स्थानिय सरकार आवश्यक समन्वय गर्न तयार रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेनु भएको नगर उप प्रमुख चौधरीले अध्ययन गर्ने वानीको विकास र पठन संस्कृतीको विकासमा ज्ञानोदयले पु¥याएको योगदान रहेको बताउनु भयो ।
नगरपालिका पुस्तकालयको विकासमा हातेमालो गर्न तत्परता देखाउँदै वार्षिक कार्ययोजनामा महत्वका साथ राख्न खोज्दा एउटा समूहले आपत्ती जनाउने गरेको समेत खुलासा गर्नु भएको छ । यस क्षेत्रकै गरिमा र गौरवका रुपमा पुस्तकालय रहेकाले आवश्यक सहयोग तथा समन्वय कायम राख्न विशेष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्वता समेत जनाउनु भयो ।
नेपाल राष्ट्रिय सामुदायिक पुस्तकालय संघका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले नेपालमा पुस्तकालयको इतिहासबारे चर्चा गर्दै सबैको अथक प्रयासबाट कोहलपुरमा सुविधा सम्पन्न आधुनिक पुस्तकालय संस्थागत हुन सफल रहेको बताउनु भयो । उहाँले पुस्तकालय पुस्तकको भण्डारण गर्ने ठाउँमात्र नभएर ज्ञान प्रवाह गर्ने माध्यम बन्न सफल रहेको बताउनु भयो ।
पुस्तकालयका पूर्व अध्यक्ष समेत रहेका पौडेलले पुस्तकालयको ऐतिहासिक विकासमा विगतको प्रयासलाई नयाँ उचाईमा पु¥याउन यस क्षेत्रका सार्वजनिक तथा सामाजिक संघ संस्थाहरुले आवश्यक सहकार्य तथा समन्वयमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ । स्थानिय सरकारलाई प्रमुख अभिभावकीय भूमिका निर्वाह गर्न पनि उनले आग्रह गर्नु भयो । यस्तै कोहलपुर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले पुस्तकालयले सामाजिक तथा शिक्षासँग सम्बन्धित गतिविधीमा पु¥याएको योगदान सराहनिय रहेको बताउनु भयो । यस अघि घुम्ती पुस्तकालयको अवधारणा अनुसार नगरपालिकाका वडाहरुमा पुस्तक प्रदर्शनी तथा घुम्ती पुस्तकालय कार्यक्रमले यस क्षेत्रका पाठक र पुस्तकालयबीच अन्तरसम्बन्ध कायम बनाउन मद्दत पुगेको बताउनु भयो ।
राष्ट्रिय पुस्तकालय दिवसका अवशरमा पुस्तकालय हरेक वर्ष सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधीहरुले पुस्तकालय सक्रियतालाई पनि उजागर गरेको उहाँको भनाई थियो ।कार्यक्रमका सभापति ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले प्रविधिको विकाससँगै पुस्तकाल लाई प्रविधिमैत्री बनाउने लक्ष्य लिईएको बताउँदै आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नु भएको छ । साथै उहाँले पुस्तकालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिँदै पुस्तक पढ्ने बानिको विकास गर्न आवश्यक रहेको बताउनु भयो । कोहलपुर नगरपालिकाको नगर सुचना केन्द्रको रुपमा रहेको पुस्तकालयमा नगरपालिकाले सुचना सम्म उपलव्ध गराउन छाडेको वताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधीहरु कोहलपुर नगरपालिका वडा नं.१० र ११ का वडाध्यक्ष निरज चलाउने, कर्ण बहादुर थापा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, इलाका प्रहरी कार्यालय प्रतिनिधी, पत्रकार ,सञ्चारकर्मी तथा पाठक लगाएतको उपस्थिती रहेको थियो । साथै दिवशको अवशर पारेर यस अघि पुस्तकालयले समुदायका लागि कोभिड १९ प्रतिकार्य परियोजना अन्र्तगत आइसोलेसन तथा स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामाग्री तथा आवश्यक उपकरणहरु हस्तान्तरण तथा अपाङ्गता तथा न्यून आय भएका व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
दिवशका अवशरमा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित राष्ट्रिय पुस्तकालय दिवसका अवशरमा यस वर्षको स्व. हरी प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मानबाट समाजसेवी तथा शिक्षा प्रेमी भानुभक्त भट्टराई सम्मानित हुन भएको छ । पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेलले आफ्नो बुवाको स्मृतीमा स्थापना गरेको अक्षय कोषबाट समाजसेवी भट्टराईले यस क्षेत्रको शिक्षा र समाजसेवा क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानित गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिनु भएको छ ।
यस्तै पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याएका पुस्तकालयका निवर्तमान अध्यक्ष लिल बहादुर राना पनि सम्मानित हुन भएको छ । पुस्तकालयको विकासमा अतुलनीय भूमिका निर्वाह गरेकाले संस्थाको पूर्व अध्यक्षको रुपमा सम्मानित गरिएको पुस्तकालयले जनाएको छ । यस्तै हरेक वर्षझै यस वर्ष पनि पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याउन पुस्तकालय लाइ पुस्तक दान गरि सहयोग गरेकाले संस्थाद्धारा उत्कृष्ठ पुस्तक दाताका रुपमा समाजसेवी भारती खनाल सम्मानित हुन भएको छ ।
भारतीको संस्था प्रजातन्त्र र विकासमार्फत उहाले १ सय ५० बढि पुस्तक हस्तान्तरण गर्नु भएको थियो । यस्तै नियमित पाठकको रुपमा तुल्सी प्रसाद उपाध्याय समेत सम्मानित हुन भएको छ ।ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिताका उत्कृष्ठ पुरस्कृत दिवसको अवशरमा पुस्तकालयले आयोजना गरेको प्राचिन पुस्तक संकलन तथा प्रदशनि प्रतियोगिता प्रथम रामचन्द्र पौडेल र द्वितिय बुद्विसागर सापकोटा नगद र प्रमाण पत्रबाट पुरस्कृत हुन भएको छ ।
प्रतियोगितामा प्रथम हुन सफल पुस्तक शिखरनाथ भुषाल द्धारा लिखित शिखरनाथ भाष्य र द्धितिय हुन सफल उपदेश चन्द्रकलाया द्धारा लिखित भुनन्दनन्देवदु प्राचिन पुस्तक छनौट भएका थिए । प्रथमले रु. ५ हजार र द्वितियले नगद ३ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका हुन् । सबैभन्दा पुराना मितिमा प्रकाशन भएका ऐतिहासिक पुस्तकहरु सहयोग गर्ने दाताहरुकाबीचमा प्रतिस्पर्धा गराइएको थियो । यस्तै फोटो प्रतियोगितामा प्रथम रमेश अधिकारी, द्धितिय र तृतिय सरोज राज शाहीलाई घोषणा गरिएको छ । प्रतियोगितामा यस क्षेत्रका २० फोटो ग्राफरहरुले सहभागिता जनाएका थिए ।प्रतियोगितामा प्रथम,द्वितिय र तृतीय हुने प्रतियोगिहरुले क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here