spot_img
Thursday, May 9, 2024
Homeबजारविभिन्न पार्टि परित्याग गरी कांग्रेसमा प्रवेश

विभिन्न पार्टि परित्याग गरी कांग्रेसमा प्रवेश

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.४ मा विभिन्न पार्टि परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन । नेपाली कांग्रेस वडा नं.४ का कार्यवाहक बुथ सभापति ठाकुर प्रसाद शर्माको सभापतित्वमा आइतबार सम्पन्न भएको कार्यक्रममा जसपाका जिल्ला सदस्य मो.जमिल हलवाई(सोनु),राप्रपाका नेपालगंज उपमहानगरपालिका नगर सदस्य मो.अब्दुल कादिर हलवाई,जसपा कै अर्का नगर सदस्य जुवेदा हलवाई,स्थानिय अप्सारा होटलका संचालक समेत रहेका मो.सावान हल्वाई नेपाली कांग्रेस प्रवेश गरेका हुन । यसैगरी नेपाली कांग्रेस पार्टि प्रवेश गर्नेमा स्थानिय वानो हल्वाई,चादनी सल्मानी,बन्नो शेष,जलील इर्साद इद्रीसी,राजु प्रसाद वनीया,पे्रमचन्द्र वैश्य रहेको नेपाली कांग्रेस बुथ कार्यसमिति सचिव अस्मिता शाह महत्राले बताईन । लुम्वीनी प्रदेश सभा सदस्य नेपाली कांगे्रस नेतृ माया पुनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवपार्टि प्रवेशहरुलाई सम्बोधन गर्दै नेपाली कांग्रेस देशको पार्टि भएको हुदाँ देशमा भएको परिवर्तनमा कांग्रेस पार्टिकै भुमिका रहेको बताउँदै भनिन,पार्टि प्रवेश गर्दैमा नयाँ हुने र लामो समय देखि रहेकाहरु पुरानो हुने भन्ने सन्देश कहि कतैबाट हुन नहुने र पार्टिलाई सबैको साझा फुलबारीको रुपमा अगाडि लैजानु हामी सबैको दायित्व र जिम्मेवारी रहन्छ ।”

यसैगरी कार्यक्रममा वरिष्ठ अतिथिका रुपमा उपस्थित नेपाली कांग्रेसका नेता महासमिति सदस्य निरञ्जन सिंह सिजापतीले पार्टि निर्माणका लागि सबैको उत्तिकै भुमिका रहने भएको हुदाँ नयाँ प्रवेश भएका तथा पार्टिमा लागेकाहरुले कुनै समस्या परेमा आफुलाई सम्झनाका लागि अनुरोध गर्दै भने,“तपाई हामी भनेको एउटा परिवार हो यहाँ कसैलाई समस्या पर्यो भने हामी सबै एकजुट हुनु पर्दछ ,यहाँहरु कसैलाई केही समस्या परेमा मलाई जानकारी गराउनु होला ,हामी समाधानको बाटो खोज्ने छौ ।”

यसैगरी संविधान सभा सदस्य एवं कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नेपाली कांग्रेस महासमिति सदस्य अब्दुल हमित सिद्धिकीले नेपाली कांग्रेसले सबैलाई समेट्ने हुदाँ यसमा प्रवेश गरेको स धन्यवाद दिदै भने,“नेपाली कांग्रेस भनेको जनताको आवाज बोल्ने र नेपालको विश्वासिलो पार्टि भनेको नेपाली कांग्रेस हो ।”

यसैगरी क्षेत्रिय प्रतिनिधि सुदिप खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं.२ का सचिव प्रदिप शाह,पार्टि प्रवेश गरेकाहरुमा मो.जमिल हलवाई (सोनु),मो.अब्दुल कादिर हल्वाई,बानो हल्वाई,जुवेद हल्वाई,मो.सावान हल्वाई लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here