spot_img
Monday, May 20, 2024
Homeब्यानरविकराल बन्दै सिकलसेल र थालेसेमिया रोग

विकराल बन्दै सिकलसेल र थालेसेमिया रोग

spot_img

पछिल्लो समय विषेश गरी तराईका जिल्लाहरुमा देखा परेको सिकलसेल र थालेसेमिया रोग निकै गम्भीर बन्दै गएको पाइएको छ ।सिकलसेललाई बजेट लगायत केही थप सुविधाहरुको व्यवस्था नेपाल सरकारबाट भएको भएता पनि थालेसेमिया रोगको न्युनीकरणमा केही पहल नहुदाँ रोग गम्भीर बन्दै गएको हो ।रोगका बारेमा ज्ञान,तालिमहरुको अभावका कारण सिकलसेल तथा थालेसेमिया रोगको सचेतनामा कमि देखिएको हुदाँ यसबारेमा विषेश कार्यक्रम बनाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले बताउँछ । यसैगरी भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोग न्यूनीकरण गर्न हरेक ब्यक्तिको स्वास्थ्य परिक्षण गर्नुपर्ने बताएका छन् । सरकारले सिकलसेल रोगका बिरामीका लागि विशेष राहत कार्यक्रम ल्याएपनि थालेसेमिया रोग सम्बन्धी बिरामीलाई सम्बोधन नगर्दा उपचार गर्न समस्या भइरहेको फिजिसियन डा.पाण्डेको भनाई छ ।
नेपालगन्जका सञ्चारकर्मीलाई सोमबार अभिमुखिकरण गर्दै डा.पाण्डेले यसका लागि स्क्रिनिङ गर्नु नै उत्तम उपाय भएको बताए । सिकलसेल र थालेसेमिया रोगबाट भावी पुस्तालाई जोगाउन बिवाह हुनुभन्दा अगाडी स्वास्थ्य परिक्षण अनिवार्य गर्न जरुरी रहेको छ डा.पाण्डेले भने ।सो क्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ लगायतले पनि सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे आफ्नो धारणा राखेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here