spot_img
Thursday, May 2, 2024
Homeबजारलोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाँके अधिवेशन सम्पन्नः अध्यक्षमा कृष्ण बहादुर पुन मगर

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाँके अधिवेशन सम्पन्नः अध्यक्षमा कृष्ण बहादुर पुन मगर

spot_img

नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाँकेको जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगंजमा सम्पन्न प्रथम अधिवेशनले कृष्ण बहादुर पुन मगरको अध्यक्षतामा प्रथम अधिवेशन सम्पन्न गरेको हो ।अधिवेशनको प्रमुख अतिथीमा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री तथा बाँके क्षेत्र नं.३ का संघिय माननिय किशोर सिंह राठोरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । अधिवेशनको विशेष अतिथिमा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश संयोजक तथा लुम्बिनी प्रदेश माननीय माया पुन,लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रिय प्रतिनिधि हेमन्त कर्माचार्यको उपस्थिति रहेको थियो । अभिवेशनमा कार्यक्रमका अतिथिका रुपमा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रिय सदस्य टोप बहादुर थापा मगर,नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारी लगायत नेपाली कांग्रेस बाँकेका सबै क्षेत्रिय सभापतिहरु,नगरसभापतिहरु,नेपाली कांगे्रस महासमिति सदस्य,महासमिति प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनले कृष्ण बहादुर पुन मगरको अध्यक्षतामा पन्ध्र सदस्यीय जिल्ला समिति चयन समेत गरेको छ जसको उपाध्यक्षद्धय केदार रत्न मान्धर र विशाल बहादुर कर्मचाय,सचिवद्धय सिता घर्ती र अम्मर बहादुर थापा मगर रहेको छन भने सहसचिवमा द्धय खगीसरा राना मगर र शोभा गुरुङ रहेको निर्वाचन समितिले जानकारी गराएको छ । यसैगरी समितिको सदस्यमा दलबहादुर राना मगर,चन्द्र कुमारी दर्लामी मगर,लक्ष्मी घले गुरुङ,काजी शेर्पा,किशोर कुमार श्रेष्ठ,चन्द्र शेखर श्रेष्ठ,चन्दा लामा र उत्सव सिजाली मगर रहेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here