spot_img
Sunday, July 12, 2026
Homeब्यानरलायन्स क्लब अफ नेपालगन्ज जीवनको अध्यक्षमा जियाउल हक, २७ औं पद हस्तान्तरण...

लायन्स क्लब अफ नेपालगन्ज जीवनको अध्यक्षमा जियाउल हक, २७ औं पद हस्तान्तरण सम्पन्न

spot_img

लायन्स क्लब अफ नेपालगन्ज जीवनले नयाँ नेतृत्व प्राप्त गरेको छ। शनिबार नेपालगन्जमा आयोजित एक विशेष समारोहका बीच क्लबको २७ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। जसअनुसार क्लबको नयाँ अध्यक्षका रूपमा जियाउल हकले जिम्मेवारी सम्हालेका छन। वर्ष २०२५-२०२६ का अध्यक्ष तोजेन्द्र बहादुर बि.क.ले नवनिर्वाचित अध्यक्ष हकलाई पद हस्तान्तरण गरेका हुन।

कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष डा. जीवन शर्माले ुमानव भएर जन्मिएपछि मानवको सेवामा लाग्नुपर्छु भन्ने पवित्र उद्देश्यका साथ क्लब स्थापना गरिएको बताए ।“मानवीय सेवा गर्नका लागि धनी वा ठूलो हुनुपर्दैन, आफूले जे सकिन्छ त्यही गर्ने हो। एकमुठी चामल दिएर भए पनि सेवामा जोडिन सकिन्छ ”डा. शर्माले भने,“मानवीय सेवामा समर्पित व्यक्तिहरूलाई साथ दिने उद्देश्यले स्थापित यो क्लब आज २७ औं पद हस्तान्तरणको प्रक्रियामा आइपुग्नु हाम्रा लागि अत्यन्तै खुसीको विषय हो।”

यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवं लायन्सका पूर्व अध्यक्ष मधुसुदन रिजालले नेपालगन्ज जीवन क्लबको उच्च मूल्यांकन गरे। विश्वका धेरै संस्थाहरू असफल भइरहेको अवस्थामा पनि लायन्स क्लब निरन्तर अगाडि बढिरहेको उनको भनाइ थियो। लायन्स नेता रिजालले भने“लायन्स क्लबमा कुनै पनि प्रकारको विभेद छैन र हुँदैन। हामी राष्ट्रियताको सवालमा अटल विश्वास गर्दछौँ। जहाँ दुःख र अप्ठ्यारो पर्छ, त्यहाँ लायन्स क्लबको उपस्थिति हुने गर्दछ।”

समारोहमा निवर्तमान अध्यक्ष तोजेन्द्र बहादुर बि।.क.ले आफ्नो कार्यकालमा भएका सामाजिक तथा मानवीय सेवाका क्रियाकलापबारे प्रस्तुतीकरण राखेका थिए। आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले न्यानो कपडा वितरण, स्वास्थ्य उपचार, खाद्यान्न वितरणदेखि मानव सेवा आश्रममा भोजन गराउनेसम्मका कार्यहरू गरिएको दिए।

यसैगरी, नवनिर्वाचित अध्यक्ष जियाउल हकले विगतका उदाहरणीय कार्यहरूलाई निरन्तरता दिँदै आगामी दिनमा थप नयाँ र रचनात्मक सामाजिक कार्यक्रमहरूका साथ क्लबलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे।
सोही अवसरमा क्लबलाई विभिन्न माध्यमबाट सल्लाह, सुझाव र सहयोग पुर्‍याएबापत पत्रकारद्वय कमल न्यौपाने र मधु पौडेल, तथा डाक्टर प्रकाश नाग लगायतका व्यक्तित्वहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा पत्रकार डिल्ली विसी, व्यवसायी अगुवा संजय गौतम, नेपालगन्ज उपमहानगरपालिकाकी पूर्व उपमेयर उमा थापा मगर, लायन मुकुट ढकाल लगायत स्थानीय सञ्चारकर्मी, व्यवसायी तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here