spot_img
Monday, May 20, 2024
Homeब्यानरलागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवस बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइदै

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवस बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइदै

spot_img

बाँके जिल्लामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइदै आइएको छ ।बाँके जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधविरुद्धका सम्बन्धमा विभिन्न कार्यक्रम गरिएको हो ।असार ८ गते देखि सुरु गरीएको सप्ताहव्यापी कार्याक्रमा लागु औषधविरुद्धका संन्देश मार्फत प्रचारप्रसार ,चोक तथा सार्वजानिक स्थलहरु र सिमानामा सचेतनामुलक कार्यक्रम अन्तरक्रिया कार्यक्रम तथा रक्तदान गरिएको छ ।कार्यक्रमका बारेमा शनिबार पत्रकार भेटघाट कार्यक्रम गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बाँकेमा लागु औषध प्रयोगकर्ता,कारोबारी तथा पुनस्थापना केन्द्रका बारेमा जानकारी दिएका थिए ।सहायक प्रमुख जिल्ला अधिकारी केसीका अनुसार बाँकेमा २० वटा पुनस्थापना केन्द्रमा ३ सय १२ जनाको उपचार भैरहेको छन भने निःशुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन ।पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गत वर्षभन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढीले पक्राउ गरिएको छ ।चालु आर्थिक वर्षको असार पहिलो सातासम्म १८५ जना पक्राउ परेकाछन् । जसमा १७५ पुरुष र १० जना महिला रहेकाछन् । भने ११२ जनालाई मुद्दा चलाइएकोछ । पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गतवर्ष भन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ । गत आर्थिक वर्षमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव ३ केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव ४ लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको असार पहिलो सतासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव२८ केजी, कोरेक्स ८ दशमलव ४ लिटर, नाइट्रोजन ४ हजार २५ ट्याब्लेट र ट्रामाडोल २ हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन । बाँकेमा २० वटा पुनःस्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । निःशुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन् । यसैबीच, लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधीविरुद्ध काम गरिरहेका संघ संस्थाले जनचेतनामूलक विविध गतिविधि गरेका हुन् । दिवसको अवसरमा असार ८ देखि कार्यक्रमहरू गरिएको छ । लागुऔषधविरुद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ ।आइतबार १२ गते विहान ७ बजे प्रभातफेरिसँगै समापन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here