spot_img
Monday, May 20, 2024
Homeब्यानरलमही अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः शुरु

लमही अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः शुरु

spot_img

दाङ – दाङको लमही अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः शुरु भएको छ । लमही नगरपालिका – ७ निवासी नर्मता चौधरीको शल्यक्रियामार्फत बच्चा निकालिएसँगै अस्पतालमा पुन प्रसूति सेवा भएको हो ।

घरमा प्रसूति हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ । त्यही भएर सरकारले अस्पताल अथवा स्वास्थ्य संस्थामा प्रसूति गराउन जोड दिँदै आएको छ। यो अभियानले सार्थकता पाएको छ । घरमा हुने प्रसूतिलाई न्यून गर्ने अभियान तीव्र बनेको छ ।

बर्थिङ सेन्टरमा सामान्य अवस्थाको प्रसूति सेवा छ । शल्यक्रिया गर्नुपरेमा अन्यत्र रिफर गर्नुपर्छ । देउखुरीका बर्थिङ सेन्टरहरुले लमही अस्पतालमा रिफर गर्दै आएका छन् ।

लमही अस्पतालमा विगत एक वर्षदेखि सल्यक्रियामार्फत गरिने प्रसूति सेवा सञ्चालनमा छ । केही दिन सेवा रोकियो। फागुनबाट यो सेवा पुनः सञ्चालनमा आएको लमही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रञ्जिता महतोले बताइन् ।

लमही नगरपालिकाले निक साइमन इन्स्टिच्युटसँग सम्झौता गरेको छ । यसअघि भएको सम्झौताको समयावधि सकिएको थियो । जसले गर्दा केही समय प्रसूति सेवा रोकिएको थियो। थप सम्झौतापश्चात सेवाले निरन्तरता पाएको छ ।

देउखुरीमा चार स्थानीय तह छन् । यी तहले बर्थिङ सेन्टर सञ्चालन गरेका छन् । तर, जटिल प्रकारको प्रसूति गराउनुपरेमा घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ ।

कतिले अस्पताल पुग्दा नपुग्दै बाटोमै शिशु जन्माउने गरेका छन् । कतिपय आमा तथा तिनका परिवार स्वास्थ्यकर्मीले दिएको समय नजिकिएपछि सुविधा सम्पन्न अस्पताल खोज्दै जाने गरेका छन् । जो गरिब र विपन्न छ, ती परिवार सुविधा सम्पन्न अस्पतालसम्म पुग्न सक्दैनन् ।

लमही अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा सुरु भएपछि अन्य बर्थिङ सेन्टरलाई रिफर गर्न सजिलो भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here