spot_img
Monday, May 20, 2024
Homeकृषिलगातारको वर्षाले धानखेत डुवान हुदाँ धान बालामै उम्रिदै

लगातारको वर्षाले धानखेत डुवान हुदाँ धान बालामै उम्रिदै

spot_img

लगातारको वर्षाको कारणले बाँकेका अधिकांश धानखेतहरु डुबानमा परेको छन । धानखेत डुवान परेसंगै धानको बाला पानीका कारणले धान बालामै उम्रीदै गर्दा कृषकले लाखौको क्षती व्यहोर्नु परेको छ । लगातारको वर्षाको कारणले बाँकेका अधिकांश धानखेतहरु चुलुम्म डुवेनको देख्न सकिन्छ । वर्षातको पानी यती धेरै प¥यो कि कृषकहरुले खेतको धान स्याहार्न पाएनन् । वर्षातको पानीले गर्दा खेतमा रहेका धानको बालाहरुमा अहिले टुसा लाग्न थालेको देख्न सकिन्छ ।खेतमा रहेको धानका बालामा टुसा उम्रीन थाले पछि वर्षभरी खाने चामल कहाँबाट जुटाउने हो भन्ने पिरमा रहेका छन ।डुडुवा गाउँपालिका –५ गुहानाका कृषक धनविर बुढा कृषकले नै सरकारलाई पाल्ने हो तर यसपटक खेतमा भएको धान उम्रीन थाले पछि के खाने होला भनेर चिन्ता भएको बताउँछन ।कृषक बुढा भन्छन,“वर्ष भरीको खेती हो ,यसरी खेतमा डुब्दा कसरी के खाने होला” ।यस्तै पिडा पोख्छन डुडुवा गाउँपालिका–५ रंगीतलका अर्का कृषक खिमलाल कुमाई,कुमाई भन्छन,“अन्य पेशा छैन ,यही खेतबाट उत्पादन हुने अन्नले सन्तान पाल्नु पर्छ तर यस पटक समस्या नै भयो,” ।

खेत मै धान उम्रन थाले पछि अर्का सोही गाउँपालिकाका नैनासिंह मिजामगर भन्छिन,“अरु काम छैन ,घरमा लोक्ने आपङ हुनु हुन्छ,काम गर्ने म नै हो अब कसरी बाच्ने होला”।अर्का कृषक रतन बहादुर चलाउने भिजेको धानलाई खेतको आलीमा थन्को लगाउँदै गरेको बताउँछन ।उनी भन्छन,“पानी पर्ने भनेर थहा भएन ,धान काटियो,पानीले उठाउन दिएन ,अब धान बालामै उम्रीन लागेको छ”।बाँकेमा कुल ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ । तर यो वर्ष पुर्ण रुपमा धानबाली भित्राउन सक्ने अवस्था छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here