spot_img
Saturday, May 18, 2024
Homeब्यानररुपैडिहा स्थित भारतीय प्रहरी द्वारा दुई नेपाली महिलालाई हातपात वा जुत्ताले पिटाई..

रुपैडिहा स्थित भारतीय प्रहरी द्वारा दुई नेपाली महिलालाई हातपात वा जुत्ताले पिटाई..

spot_img


रुपईडीहा बहराइच। बुधबार रुपईडीहा टंडन राईस मील स्थित यादव वस्त्रालयमा दुई नेपाली महिला बसिरहेको बेला डायल 112 नम्बरमा कार्यरत एउटा ठुलो जुँगा भएको सिपाही आएर पहिला दुबै नेपाली महिलाहरुको तलाशी लिएको थियो । ती महिलाहरूबाट केहि संदिग्ध सामान नभेटे पनि भारतीय प्रहरीले दुबै नेपाली महिलाहरुलाई हातपात एवं जुत्ताले पिटाई गरेको छ ।

पिटिएको दुबै नेपाली महिलाहरु सेन्ट्रल बैंक चौराहमा आएर जोर जोरले रुन कराउन थालेपछि देख्दादेख्दै बाक्लो भीड़ जम्मा भएको थियो।

यस संबंधमा भारतीय पत्रकारहरुलाइ जानकारी दिदै अर्चना केसी व बीना डांगी आफुहरु नेपालगंज वार्ड नम्बर २ घरवारी टोला निवासी रहेको बताएका छन। हामी दुबैजनाको श्रीमान छैन।हामीहरू घरको सामान लिन रुपईडीहा आएका थियौँ । साझको लगभग ७ बजे हामी दुबै टंडन राईस मील स्थित यादव वस्त्रालयमा बसिरहेको बेला एउटा ठुलो जुँगा भएको सिपाही आएर बिनाकारण हामीलाई पिटेको छ।

हामीलाई त्यस् सिपाहीक नाम पनि थाहा छैन । यतिमात्र थाहा छ कि यो ठुलो जुँगा भएको सिपाही डायल 112 म छ ।पिटिए पछि दुबै नेपाली महिलाहरु रुदै नेपालगंज फर्किएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here