spot_img
Monday, May 20, 2024
Homeब्यानरराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ःक्वाटर फाईनलका खेलहरु सम्पन्न

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता ःक्वाटर फाईनलका खेलहरु सम्पन्न

spot_img

नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा आज क्वाटर फाईनलका खेलहरु सम्पन्न भएका छन् । जसअन्र्तगत विभिन्न विधामा गरि ३२ जना खेलाडीहरु सेमिफाईनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सम्पन्न खेलहरुमा पुरुष एकलतर्फ एपिएफका प्रिन्स दहालले एपिएफकै क्षितिज खनाललाई २१–१६,२१–१२ ले तथा नेपाल प्रहरीका जिवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे। त्यसैगरी एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई ९–२१, २१–१८,२१–१५ ले तथा नेपाल आर्मीका कविर केसीले नेपाल प्रहरीका विष्णु कटवाललाई २१–१६, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे।
यस्तै महिला एकलतर्फ नेपाल आर्मीकी रशिला महर्जनले सेन्ट थोमस बाँकेकी कृपा शाक्यलाई २१–३,२१–४ ले तथा नेपाल प्रहरीकी नीता लम्सालले बाँकेकी एसी श्रेष्ठलाई २१–६, २१–५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे । त्यसैगरी कैलालीकी एलिना सुनारले नेपाल प्रहरीकी सुष्मा श्रेष्ठलाई २१–८, २१–१८ ले तथा एपिएफकी शोभा गौचनले सुर्खेतकी निशा सिंहलाई २१–७, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।
यसैगरी, पुरुष युगल(बी लेभल) तर्फ धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडिले दाङका कमल चन्द र विशाल सुवेदीको जोडिलाई २१–१०,२१–१४ ले तथा नेपाल प्रहरीका चक्रबहादुर डम्बर पाल र अविक श्रेष्ठको जोडिले टिकापुरका सुरज वैदार र राजन शेरचनको टोलीलाई २१–१२, २१–१२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे। त्यसैगरी गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडीले सुर्खेतका हिमाल लामा र दुर्गा रानालाई २१–१४, २१–१४ ले तथा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले अर्जुन बुढामगर र पदम चन्दको जोडीलाई २१–१०, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।
पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले नेपाल प्रहरीका दिपक बोहरा र अविक श्रेष्ठको जोडीलाई २१–१८,२१–१७ ले तथा एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले नेपाल प्रहरीका गौरव दाहाल र पूर्णबहादुर थापाको जोडीलाई २१–१२, २१–१७ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे। त्यसैगरी एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले कविर केसी र अनिल मल्लको जोडीलाई २१–१५, २१–१४ ले तथा नेपालप्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडीले राजु थापा र सुजन थापाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे ।
पुरुष युगल (भेट्रान्स ४५ प्लस) बाँकेका अभयलाल श्रेष्ठ र अरुण गौतमको जोडीले बर्दियाका गोविन्द क्षेत्री र प्रनेश ढकालको जोडीलाई २१–१६,२१–१८ ले तथा बाँकेका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले सुरेश बम र रामप्रसाद भुषालको जोडीलाई २१–१३, २१–८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे। त्यसैगरी स्टारलाईटका हरि खत्री र राजकुमार पोखरेलको जोडीले कैलालीका भोजराज भट्ट र नरेन्द्र चन्दको जोडीलाई २१–१६, २१–१७ ले तथा बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडीले सुर्खेतका केशर ओसी र दुर्गा रानाको जोडीलाई २१–१६, १८–२१, २१–१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे।
मुख्य रेफ्रि किरण कारञ्जितका अनुसार सेमि फाइनल र फाईनलका लागि भोली शनिबार १५ वटा खेल हुनेछन् । उक्त खेलबाट छनोट भएका खेलाडी उपाधिका लागि फाईनलमा भिड्नेछन् ।
नकआउट आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।
बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव २ सय ५० जना खेलाडी सहभागी भएको बताए।अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिताको समापन समारोह शनिबार दिउँसो ३ बजे हुनेछ भने प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहेका छन ।प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।
प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउनेछन् ।महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउँनेछन् ।
यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here