spot_img
Monday, May 20, 2024
Homeब्यानरराप्ती सोनारीमा भदौं २७ देखी बिद्यालय खोल्ने तयारी

राप्ती सोनारीमा भदौं २७ देखी बिद्यालय खोल्ने तयारी

spot_img

बाँके जिल्ला राप्ती सोनारी गाउँपालिकाले दोस्रो लहरको कोरोना महामारीका कारण बन्द रहेका बिद्यालय खोल्ने तयारी गरेको छ । राप्ती सोनारी गाउँ शिक्षा समितिको आइतबार बसेको बैठकले यही भदौं २७ गतेबाट बिद्यालय खोल्ने निर्णय गरेको हो । महामारीका कारण गत बैशाखदेखी गाउँपालिका क्षेत्रभित्र रहेका बिद्यालय बन्द छन् । ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेसँग आवश्यक समन्वय गरेर बिद्यालय खोल्ने निर्णय भएको गाउँ शिक्षा समितिका सदस्य मोहन गौतमले जानकारी दिनुभयो । ‘बिद्यालय खोल्नका लागि जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेसँग आवश्यक समन्वय गर्ने र बिद्यालयमा स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड अपनाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो । उक्त बैठकले गाउँपालिका अनुदान शिक्षकको तलब बृद्धि गर्ने र उनीहरुलाई पोषाक भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ । गाउँपालिकाले यसअघि प्राथमिक तहका शिक्षकलाई मासिक १० हजार, आधारभुत तहकालाई १५ हजार र माध्यामिक तहका शिक्षकलाई २० हजार तलब अनुदान स्वरुप दिदै आएको थियो । अब भने प्राथमिक तहका शिक्षकलाई १५ हजार, आधारभुत तहकालाई १७ हजार र माध्यामिक तहकालाई मासिक २२ हजार प्रदान गर्ने निर्णय भएको सदस्य गौतमले बताउनु भयो । गाउँपालिका अनुदान शिक्षकलाई बार्षिक १० हजार पोषाक भत्ता दिने शिक्षा समितिले निर्णय गरेको छ । यस्तै अनुदानका शिक्षकलाई गाउँपालिकाले नै स्थायी गर्ने विषयमा कानुन विदसँग परामर्श गरेर प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ । यसैगरी बिद्यालयका प्रधानाध्यापकको भत्ता पनि बढाउने निर्णय गरेको छ । प्रधानाध्यापकको भत्ता ३ सयबाट बढाएर प्राथमिक तहको हकमा मासिक ६ सय, कक्षा १० सम्म सञ्चालित बिद्यालयका प्रअलाई ८ सय र कक्षा १२ सम्म सञ्चालित बिद्यालयका प्रधानाध्यापकलाई मासिक १ हजार प्रअ भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले धेरै लगानी गरेको स्मरण गराउँदै अब शैक्षिक प्रतिफल प्राप्त गर्नतर्फ सबै लाग्नुपर्ने बताउनु भयो । ‘शिक्षा क्षेत्रमा गाउँपालिकाले धेरै लगानी गरेको छ, म दावीका साथ भन्छु हाम्रो जति शिक्षामा लगानी अरु कुनैपनि पालिकाले गरेको छैन,’ उहाँले भन्नुभयो । खेतीमा गरेको लगानीले तत्कालै प्रतिफल दिने तर, शिक्षा गरेको लगानीले १० वर्षपछि मात्र प्रतिफल दिने अध्यक्ष थारुले बताउनु भयो । ‘पहिले बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा हुन्थ्यो, अहिले सरकारी बिद्यालयबीच प्रतिस्पर्धा हुन थालेको छ,’ उहाँले भन्नुभयो ‘अहिले धेरै सुधार भएको छ, शिक्षकमा पनि परिवर्तन आएको छ ।’ बैठकमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले शिक्षामा गाउँपालिकाले गरेको लगानी गरिरहेकै बेला कोरोना महामारीले पठन पाठनमा असर पुरयाएको बताउनु भयो । ‘गाउँपालिकाले शिक्षामा लगानी गरिरहेकै बेला कोरोना महामारीले बिद्यार्थीको पढाई चौपट बनाईदियो, अब बिस्तारै राप्ती सोनारीको शिक्षालाई माथी उठाउनुपर्छ,’ उहाँले भन्नुभयो । लामो समयपछि खुल्न लागेका बिद्यालय क्षेत्रको सरसफाई गर्न आवश्यक रहेको र यसका लागि बिद्यालयले ध्यान दिनुपर्ने उपाध्यक्ष खत्रीको सुझाव छ । नेपाल शिक्षक महासंघ राप्तीसोनारीका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका सदस्य मोहन खनालले शिक्षा क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाले गरेको लगानी अविष्मरणीय रहेको बताउनु भयो । ‘शिक्षकलाई तलब खुवाउन नसकेर कयौं बिद्यालयको विजोग थियो, शिक्षक नहुँदा पढाईको वातावरण थिएन,’ उहाँले भन्नुभयो ‘जब गाउँपालिकाले शिक्षामा लगानी गर्यो, अहिले गाउँपालिकाको शिक्षा क्षेत्रले फड्को मारिसक्यो ।’ उक्त बैठकमा राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, गाउँपालिकाका कानुनी र सञ्चार सल्लाहकार, गाउँ शिक्षा समितिका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here