spot_img
Monday, May 20, 2024
Homeशिक्षाराजनीतिशास्त्र प्रति चासो बढ्दै

राजनीतिशास्त्र प्रति चासो बढ्दै

spot_img


पछिल्लो समय राजनीतिशास्त्र सबैको चासो र जिज्ञासाको विषय बन्दै आएको पाइएको छ ।महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज बाँकेमा राजनीतिशास्त्र विषय लिएर स्नातकोत्तर तहमा पढदै आएका विद्यार्थीहरुले आयोजना गरेको राजनीतिशास्त्र विषय एकदिने भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सो कुरा बताइएको हो । राजनीतिशास्त्रलाई पछिल्लो समय सबैको चासो र अध्ययनको विषय बनाईनु पर्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजका राजनीतिशास्त्र संकायका विभागीय प्रमुख रुद्र प्रसाद तिमिल्सिनाले पछिल्लो समय राजनीतिशास्त्र विभागमा विद्यार्थी भर्ना समेत उच्च भएको बताउँदै राजनीतिका बारेमा सबैले बुझ्नु पर्ने बताए । विभाग प्रमुख तिमिल्सिना भने,‘नेपालमा राजनीति गर्नका लागि मात्र नभएर जिवनयापन गर्नेका लागि समेत राजनीतिशास्त्र विषयको अध्यायन अध्यापन गर्नु गराउनु पर्दछ ।’ यसैगरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा पुर्व सहायक क्याम्पस प्रमुख अर्जुन कुमार पोख्ररेलले राजनीतिका बारेमा सबैको चासो हुनु पर्ने बताए । पुर्व पुर्व सहायक क्याम्पस प्रमुख पोख्रेलले भने,‘राजनीति विषयको ज्ञानले मानव हुनुको अर्थ समेत बुझ्न सहज पार्ने गर्दछ ।’ पुर्व सहायक क्याम्पस प्रमुख पोखरेलले राजनीतिशास्त्रमा केही शब्दहरुको गम्भिरतालाई समेत बुझेर मात्रै व्याख्या गर्न सक्नु पर्ने बताए ।यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा स्नातकोत्तर राजनीतिशास्त्र दोस्रो सेमेस्टरमा अध्ययन गर्ने लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले संघियताले सबैको अधिकार सुनिश्चित गर्दै आएको अवस्थामा शिक्षा आर्जन गर्ने विषयमा कसैलाई पनि वञ्चित गर्न नहुने बताईन । दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी के.पि. घिमिरेले सहजीकरण गरेको कार्यक्रममा विभागीय प्रमुख तिमिल्सिना,पुर्व क्याम्पस प्रमुख तथा राजनीतिशास्त्र विभागका शिक्षक पोखरेल, शिक्षक तथा पत्रकार मधु पौडेलले प्रशिक्षण दिएका थिए
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस सभापति माधव खत्री,उपसभापति जीवनजंग शाही,सचिव हरेन्द्र बहादुर विक,कोषाध्यक्ष भरतराज बुढथापालाई सम्मान समेत गरीएको कार्यक्रममा दोस्रो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थी सुमन गिरी श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन ।यसैगरी क्याम्पस शिक्षिका रमा पछाई, विद्यार्थीहरु सृजना थपलिया,हिक्मत विक,सुर्य नेपाली लगायतले आफ्नो मन्तव्य राखेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here