spot_img
Monday, May 20, 2024
Homeब्यानरयुवाहरुलाई प्रयोग मात्रै गरीएको राउण्ड टेबलको निष्कर्ष

युवाहरुलाई प्रयोग मात्रै गरीएको राउण्ड टेबलको निष्कर्ष

spot_img


प्रविधिलाई प्रयोग गर्दै युवाहरुको सवालमा भएको सवाल र समाधान विषयको राउण्ड टेबल प्रदेश स्तरीय छलफलमा युवाहरु प्रयोग मात्रै भएको निकर्ष निकालिएको छ । देशमा हुने र हुदै आएका हरेक परिवर्तनका सम्वाहक बनेका युवाहरु नेपालको परिवर्तनसंगै राजनितिक परिवर्तन लगायतका विभिन्न काममा प्रयोग हुदै आएको छलफलमा निकर्ष निकालिएका हो । नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा क्ष्ँभ्क् को सहयोगमा संचालित सुशासनका लागि युवा परियोजना अन्र्तगत युवाको सवाल र समाधान बिषयक राउण्ड टेबल प्रदेश स्तरिय छलफल कार्यक्रम आइतबार बाँकेको नेपालगञ्जमा भएको हो ।
कार्यक्रममा प्रदेश स्थानीय तहको नीति निर्माण र योजना प्रक्रियामा युवाको सहभागिता ,मतदाता नामावली दर्ता तथा निर्वाचन प्रक्रियामा युवा सहभागीता,युवाको सवालका बारेमा संचार क्षेत्रको भुमिका तथा युवा क्बल र युवा संजालले स्थानिय संग समन्वय गरि खेल्नु पर्ने भुमिकका बारेमा छलफल गरिएको थियो ।मत अधिकार सुनिश्चतका लागि मतदाता नामावली दर्ताका लागि सचेतना मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुम प्रसाद सुम प्रसाद सुवेदी बताउनु भयो ।
राजनितिक दलका भातृ संगठन संग युवाका सवालका बारेमा छलफल गर्ने र युवाका सवाल बारेमा अवाज उठाउने भनेको राजनितिक दल नै हो त्यस कारण यस बिषयमा युवाहरु ले समन्वय र सहकार्य गरेमा राम्रो हुने गरेको बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here