spot_img
Thursday, May 9, 2024
Homeखेलकुदमिडिया विरोधी कानुनको खारेजीको माग गर्दै नेपाल प्रेस युनियन

मिडिया विरोधी कानुनको खारेजीको माग गर्दै नेपाल प्रेस युनियन

spot_img

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देलले मिडिया विराधी कानुन तत्काल खारेजी गर्नु पर्ने बताएका छन । नेपाल प्रेस युनियन बाँके शाखाले बाँकेको नेपालगंजमा शनिबार आयोजना गरेको एक पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन । आसन्न निर्वाचनको समयमा बाँकेको नेपालगंज पुगेको अध्यक्ष सिग्देलले पुर्व प्रधानमंत्री केपि शर्माको बेलामा ल्याइएका मिडिया विरोधी कानुनको प्रेस युनियनले खारजीका लागि जोडदार माग गरेको बताए ।निर्वाचनको अवस्थामा काँग्रेस लगायत नेपाली कांग्रेसको गठबन्धनमा रहेका उम्मेदवारलाई जिताउनु पर्ने अध्यक्ष सिग्देलको धारण रहेको थियो ।एक फरक प्रसङगमा अध्यक्ष सिग्देलले प्रेस युनियनको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै आफु नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको बताए । नेपाल प्रेस युनियन बाँकेको आयोजना गरीएको पत्रकार भेटघाटमा बाँके प्रेस युनियन अध्यक्ष अर्जुन वली, युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, अकोरावका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, , नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका पूर्वअध्यक्ष मेघराज ओली, निर्वतमान अध्यक्ष जयनारायण शाह, सल्लाहकार चेतकान्त भट्टराई लगायत को उपस्थिति रहेको बाँके पे्रस युनियनका सचिव विजय मल्लले जनाकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here