spot_img
Monday, May 20, 2024
Homeबजारमाघीमा थारू परिकारसहित टेष्टीले ल्यायाे विभिन्न अफर

माघीमा थारू परिकारसहित टेष्टीले ल्यायाे विभिन्न अफर

spot_img

नेपालगन्ज । आउँदै गरेको माघीको अवसर पारेर टेष्टी भान्सा घरले तीन दिने कार्यक्रम आयोजना गर्ने भएको छ । यही माघ ३, ४ र ५ गते भान्सा घरमा थारुहरुको मौलिक परम्परा तथा संस्कृति झल्किने गरी उक्त कार्यक्रम आयोजना गर्न लागेको टेस्टी थकाली भान्सा घरका सञ्चालक संजीव न्यौपानेले जानकारी दिए।

माघीको अवसर पार्दै उक्त भान्सा घरले आफ्ना ग्राहकहरुलाई निशुल्क रुपमा थारु परिकारहरु खुवाउने भएको छ । परिकारमा ढीक्री, डोक्निको अचार, तरुल र गन्जी, माछाको अचार रहेका छन् । साथै, भान्सा घरले एमआरपीमा रक्सी दिने पनि व्यवस्था मिलाएको सञ्चालक न्यौपानेले जानकारी दिए । “थारुहरुको संस्कृति झल्किने गरी थारु नाच पनि हेर्न सकिने” उनले बताए ।

न्यौपानेले भने, `गत वर्ष पनि माघीको अवसर पारेर हामीले तीन दिन फरक फरक कार्यक्षेत्र, फरक विधाका कर्मचारी तथा मानिसहरूलाई बोलाएर कार्यक्रम गरेको र उनीहरूले दिएको सदभावले खुसी हुँदै फेरि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।´

सेकुवा पारखीहरुले नेपालगन्जमा रोज्ने गरेको एउटै ठाउँ हो, टेस्टी थकाली भान्सा घर । केही वर्ष देखि भान्सा घरले आफ्ना ग्राहक वर्गहरूको टेष्टलाई मनन् गरी चाडपर्वमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

न्यौपानेले नियमित सेवामा भान्सा घरले रेस्टुरेन्टको सेवा, रुफ अफ व्यवस्थापन, ओपन गार्डेन बारबिकी (आफै मासु पोल्दै खाने चलन) र काठमाडौं पछि पश्चिम क्षेत्रकै पहिलो भट्टी सेकुवा र थकाली खाना(भेज, लोकल चिकन र मटन) पस्कँदै आएको बताएका छन् ।

टेस्टी थकाली भान्सा घर नेपालगन्जस्थित भाटभटेनी देखि सय मिटर दक्षिण तर्फ अवस्थित छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here