spot_img
Monday, May 20, 2024
Homeब्यानरमाइती नेपालको आयोजनामा विपी चोकमा दिप प्रज्वलन

माइती नेपालको आयोजनामा विपी चोकमा दिप प्रज्वलन

spot_img

बिश्व एड्स दिवसको पूर्वसन्ध्या तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरिएको छ ।
२५ नोभेम्बरदेखि शुरु भएको १६ दिने अभियान तथा शुक्रबार मनाइने बिश्व एड्स दिवसको अवसरमा माइती नेपालको आयोजनामा बिहीबार साँझ नेपालगञ्जको बीपी चोकमा दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला बिकास अधिकृत मञ्जु पाण्डेय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट, नेपालगञ्जकी निवर्तमान उपमेयर उमा थापा, साथी संस्थाकी केन्द्रीय सदस्य सरस्वती शर्मा, ए एच एफ नेपालका कार्यक्रम संयोजक सञ्जय पौडेल, शक्ति समूहकी कार्यक्रम संयोजक निर्मला पौडेल, साना हात नेपालकी कार्यक्रम संयोजक अम्बिका थापा, महिला अधिकारकर्मी साहिला शाह वाहिदी, आइ एन एफ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार १६ दिने अभियान र बिश्व एडस दिवसको अवसरमा देशैभरका शाखामार्फत बिबिध कार्यक्रमहरु हुने गरेको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लेंगिक हिंसा बिरुद्ध १६ दिने अभियान तथा डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवस मनाइने गरिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here