spot_img
Monday, May 20, 2024
Homeब्यानरभेरी अस्पतालमा सुत्केरीको मृत्य,न्याय माग्दै आफन्त

भेरी अस्पतालमा सुत्केरीको मृत्य,न्याय माग्दै आफन्त

spot_img


बाँके स्थित भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले न्याय माग्दै अस्पताल प्रशासन घेरा हालेका छन्। बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रजिया खातुनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ
सुत्केरी ब्यथाले च्यापेपछि उनी स्थानीय भेरी अस्पतालमा पुगेकी थिइन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सराफत हुसेन शेषका अनुसार चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए। शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र दुबै बच्चाको मृत्यु भएको उनले बताए। चिकित्सकको लापरबाहीले सुत्केरी आमा र बच्चाको मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी केहीबेर तनाव सिर्जना गरेका हुन्। परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ। पिडित पक्षले उपचारमा संलग्न चिकित्सक र नर्सहरुलाई सार्वजनिक गरी मृत्युको वास्तविक कारण बताउनु पर्ने माग राखेका छन् । पिडितहरुले अस्पतालका मेसु बद्री चापागाई आफनो मलहम पट्टी क्लिनिकमा समय बिताउने गरेको र उपचारमा संलग्न नर्सहरु टिकटक बनाएर बस्ने गरेको आरोप लगाउदै उनीहरुले चिकित्सक र नर्सहरुको लाप्रवाहीका कारण रजिया सहित उनको २ वटा बच्चाको ज्यान गएको आरोप लगाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here