spot_img
Wednesday, May 1, 2024
Homeब्यानरब्रिनोज कान अस्पतालको १४ औ वार्षिक साधारणसभा सम्पन्न

ब्रिनोज कान अस्पतालको १४ औ वार्षिक साधारणसभा सम्पन्न

spot_img

बाँकेको नेपालगंजमा रहेको नेपालकै एकमात्र कान अस्पतालको १४ औ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।बाँकेको नेपालगंजमा स्थित ब्रिनोज कान स्वास्थ्य स्यहार केन्द्रका रुपमा परिचित कान अस्पतालको साधारणसभाको उद्घाटन नेपालगंजमा उपमहानगरपालिका मेयर प्रशान्त विष्टले गरेका थिए ।
उद्घाटनसत्रलाई सम्बोधन गर्दै मेयर विष्टले स्थानिय तहको जिम्मेवारी भित्र पर्ने सबै अस्पतालहरुको स्तरउन्नतीका लागि नेपालगंजमा उपमहागरपालिका सधैव गम्भिर र जिम्मेवार रहेको बताए । मेयर विष्टले भने,“ब्रिनोजले नेपालीलाई मात्र नभएर भारतीयलाई समेत सेवा दिइरहेका अवस्था छ,कान भनेको मानिसको अति नै आवश्यक अंग भएको हुदाँ ब्रिनोज जस्ता अस्पतालहरुको स्तरउन्नतिका लागि नेपालगंजमा उपमहानगरपालिका सधैव सकारात्मक रहेको छ र गर्नु पर्ने सहयोग गर्नेछ ।”
यसैगरी भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले स्वास्थ्यका हरेक क्षेत्रमा समस्या देखिएको भएता पनि त्यसमा क्रमशः कमी ल्याउदै सेवा विस्तार गर्नु पर्ने बताउँदै भने,“नेपाल सरकारले सेवा प्रभावका लागि विभिन्न नितिहरु निर्माण गरी लागु गरेको भएता विभिन्न कारणले नितिलाई लागु गर्न नसकेको अवस्था अधिकांश अस्पतालमा देखिन्छ तर यती भन्दै गर्दा अस्पतालले प्रभाव गर्ने सेवामा कमी हुन दिनु कदापि हुदैन ।”
यसैगरी साधारणसभाको सफलताको कामना गर्दै गैरसरकारी महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रकाश तिमिल्सेनाले भने,“अस्पतालले कानको उपचारमा निकै उत्कृष्ट कार्य गर्दै आएकोमा अझ सबैको साथ र सहयोग भएमा अझै राम्रो गर्न सक्ने देखिन्छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका अध्यक्ष बिमिल कुमार टण्डनको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य सेवाका सदस्य अविनाश चौधरीले दिएका थिए । स्वागत मन्तव्यमा बोल्दै सदस्य चौधरीले भने,“ब्रिनोज सामुदायिक अस्पताल हो जसले कानको विशेष उपचार गर्छ अतः यसको स्तरउन्नतीका लागि स्थानिय तह,प्रदेश तथा संघिय तहको सहयोग अनिवार्य रहने गर्दछ ।” सेवा सचिव प्रदिप कुमार शाहले सहजीकरण गरेको कार्यक्रममा सेवाका उपाध्यक्ष राहुल टण्डन लगायतको उपस्थिति रहेको भने साधारण सभामा अस्पतालले गरेका प्रगति विवरण एवं आगामि योजनाका बारेमा अस्पतालका व्यवस्थापक प्रमुख चेतनारायण चौधरीले प्रकाश पारेका थिए ।
उद्घाटन सत्रको समापन पछि नेपालगंज उपमहानगरपालिका मेयर विष्टले अस्तपालको अवलोकन समेत गरेका थिए ।अवलोकन पछि बोल्दै अस्पाताललाई नगरपालिकाले गर्न सक्ने,क्षमताले भ्याउने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । यसैगरी १४ औ वार्षिक साधारणसभाले पहिले गरेका कामहरुको अनुदान गरी अक्षरस पालन गर्ने निर्णय लगायका विषयमा छलफल तथा पारीत गरेको सेवा सचिव प्रदिप शाहले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here