spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यबृहत २०७९ साझ मंगल प्रसाद माविको प्राङगणमा गरिदै

बृहत २०७९ साझ मंगल प्रसाद माविको प्राङगणमा गरिदै

spot_img

लामो समय पछि बाँकेको नेपालगंजमा बृहत नयाँ २०७९ वर्षको बृहत सांगितिक साझ हुने भएको छ । नेपालको नयाँ वर्ष २०७९ को उपलक्ष्यमा नेपालगंजमा बृहत नयाँ वर्ष साझ कार्यक्रम मनाउने भएको हो । विभिन्न सांगितिक प्रस्तुतहरुको साथमा उक्त कार्यक्रम संचालन गर्ने भइएको स्थानिय युवा हिमान्सु मौरियाले जनाकारी गराएका छन ।भर्खरै नयाँ संचालनमा आएको ओभर द होरिजन नामको कम्पनीले समेत नेपालगंजमा आफ्नो प्रस्तुती दिने भएको छ ।नयाँ वर्षको सांगितिक कार्यक्रममा गायक दिपक बज्राचार्य र द रिदमिक व्याण्ड,द प्याराडाइज व्याण्ड,तथा स्थानिय कलाकार सम्राट विस्वास र दुई बालकहरु शिवराज र रुपेश कुमाल समेत आफ्नो प्रस्तुति दिने भएका छन ।
लखनउका डिजे राज समेतको उपस्थितिमा हुन लागेको यो कार्यक्रम नेपालगंज उपमहानगरपालिका स्थित मंगलप्रसाद माध्यामिक विद्यालयको चौरमा हुने भएको छ ।कार्यक्रमको मुख्य उदेश्य भनेको यो कम्पनीले विभिन्न समुदाय तथा मानिसहरुलाई गर्दै सहयोगमा थप बल पुगोस भन्ने रहेको छ । आयोजक संस्थाले बृद्ध आश्रम,बालगृह,क्यान्सर पिडित तथा मंगलप्रसाद माध्यामिक विद्यालयको विकासमा समेत सहयोग गर्दैै आएको बताइएको छ ।यसैगरी नयाँ वर्ष साझ कार्यक्रमबाट हुने आम्दानीलाई माथि उल्लेखित क्षेत्रमा वितरण गर्ने समेत आयोजनक टिमले जानकारी दिएको छ ।मात्रै एक हजार रुपैया टिकट रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुको लागि दश प्रतिशत छुट गरीएको आयोजकले बताएको छ ।यसैगरी आश्वयक परेमा घरदैलोमै टिकट पु¥याउने व्यवस्था भएको हुदाँ अतिरिक्त एक हजार रुपमा थप हुने आयोजकले मधुर खबरलाई जानकारी दिएको छ । टिकटका लागि ९८६६२०००३४० र ९८०८८१३१८३ मा सम्र्पक गरी टिकट बुक गर्न सक्ने बताएका छन । टिकट चैत्र २७ गते सम्म प्राप्त गर्न सकिने कुरा समेत हामीलाई आयोजकले जानकारी दिएका छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here