spot_img
Monday, May 20, 2024
Homeब्यानरबाबुराम भट्टराई समूहले टुंग्यायो पार्टीको नाम

बाबुराम भट्टराई समूहले टुंग्यायो पार्टीको नाम

spot_img

डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिह्न आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए ।यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा)मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।२ वर्षसम्म यो चुनाव चिह्न अर्को पार्टीले नपाउने भएका कारण नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ राख्ने र डा. बाबुरामलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।त्यसअनुसार आइतबार विधान संशोधनका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले विधान स्वीकृत गरेपछि केन्द्रीय कार्यसमिति परिर्वतन हुन्छ । एक नेता भन्छन्, ‘त्यसपछि बल्ल डा। बाबुरामको हातमा पार्टी आइपुग्छ ।नेताहरुका अनुसार पार्टीको विधानमा फरक फरक समुदायबाट तीन अध्यक्षको व्यवस्था गरिएको छ ।डा. भट्टराईले अध्यक्ष बन्ने रुचि देखाएको अवस्थामा खसआर्य समुदायबाट उनी अध्यक्ष बन्ने छन् भने मधेसी समुदायबाट महेन्द्र राय यादव हुनेछन् । आदिवासी जनजाति क्लस्टरबाट भने कसलाई अध्यक्ष बनाउने भन्ने अन्यौल छ । एक नेता भन्छन्,“हिषिला यमी र गंगानारायण श्रेष्ठ बाहेक अरु छैन । कि त उहाँहरुलाई राख्नुपर्‍यो, होइन भने दुई अध्यक्षमा राखेर चुनावसम्म जाने अवस्था पनि आउनसक्छ ।”दलको नाम परिर्वतन लगायतका प्रक्रिया बाँकी रहेकाले यसबारे निर्णय भइनसकेको एक नेताले बताए ।अनलाईनखबरबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here