spot_img
Monday, May 20, 2024
Homeबजारबागेश्वरी तलाउमा शौचालयको पानी छैन ःबागेश्वरी गुठी व्यवस्थापन समिति

बागेश्वरी तलाउमा शौचालयको पानी छैन ःबागेश्वरी गुठी व्यवस्थापन समिति

spot_img

बाँकेको नेपालगंजमा रहेको बागेश्वरी मन्दीरको तलाउमा शौचालयको पानी नभएको जानकारी प्राप्त भएको छ । केही समय अघि मन्दिरको तलाउमा घर तथा शौचालयको पाईप मिसाई दुर्घन्धित तुल्याइएको भन्ने समाचार प्रकाशित गरीएको थियो । सोही समाचारलाई आधार मानी प्राविधिक समेतको सहयोगमा स्थलगत अवलोकन गर्दा हाल उक्त तलाउ सुख्खा अवस्थामा रहेको र तलाउको किनाराको भित्री भागबाट तलाउको पानीको भागलाई अक्सिजन सुचारु राख्न राखिएको प्वालहरुबाट माटोको लेदो बाहिर बगिरहेको भन्ने विषयमा बागेश्वरी मन्दिर गुठ व्यवस्थापन समितिले एक प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएको छ । विज्ञप्तीमा लेखिए अनुसार बागेश्वरी मन्दिरमा रहेको तलाउमा कुनै शौचालयको दुर्गन्धित पानी नमिसिएको अवस्था र तलाउको भित्री भागबाट तलाउको पानीको भागलाई अक्सिजन सुचारु राख्न राखिएको प्वालहरुबाट माटोको लेदो वाहिर वगिरहेको भन्ने विज्ञहरुबाट जानकारीमा आएको बताइएको छ ।
पछिल्लो समय नेपालगंज उपमहानगरपालिका वडा नं.२ मा रहेको हिन्दु धर्मालम्वीहरुको पवित्र मन्दिरको रुपमा रहेकोमा उक्त मन्दिर र पुल कच्चा पदार्थ ९ ईट्टा, सरिया, सिमेन्ट बाट बनेको र सो मन्दिर निर्माण भएको लामो समय भएका कारण जिर्ण अवस्थाको भई भत्कीन सक्ने अवस्थामा उक्त मन्दिरको जिर्णोद्धार गरी नयाँ निर्माण गर्नुपर्ने सुझाव अनुरुप नेपालगन्ज उप-महानगरपालिकाको आर्थिक सहयोगमा उक्त मन्दिर र पुल समेतको नयाँ निर्माण कार्य भईरहेको अवस्था छ ।साथै बागेश्वरी गुठी व्यवस्थापन समितिका सचिव गोपाल प्रसाद अधिकारीद्धारा हस्ताक्षर गरी जारी गरीएको विज्ञप्तीमा विज्ञप्तीमा जुंगे महादेवको मन्दिर तथा पुल निर्माण र समग्र वागेश्वरी मन्दिरको विकास निर्माण तथा सौन्दर्यीकरणमा कुनै सुझाव र सल्लाह भएमा सो समेत जानकारी गराई सहयोग गरीदिनु हुन सवैमा बिनम्र अनुरोध गरीएको छ ।
प्रेस विज्ञप्ती

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here