spot_img
Monday, May 20, 2024
Homeकला/साहित्यबाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले मनायो तिज कार्यक्रम (फोटो फिचर सहित)

बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले मनायो तिज कार्यक्रम (फोटो फिचर सहित)

spot_img

हिन्दु नारीहरुको महानपर्व हरितालीका तिजको शुभअवसरमा शुभकामना तथा दर खाने कार्यक्रम बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायीसंघले बाँकेको नेपालगंजमा आइतबार सम्पन्न गरेको छ ।संघका अध्यक्ष उमा ग्राण्डन डाँगीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा होटल व्यवसायी संघका केन्द्रिय सदस्य तुलबहादुर कडेल रहेका थिए ।कार्यक्रम बोल्दै अध्यक्ष ग्राण्डनले कोरोनाका कारण बाँकेका अधिकांश होटलहरु निकै समस्या भएको हुदाँ स्थानिय तहले समेतको सहयोग हुनु पर्ने बताइन । अध्यक्ष ग्राण्डनले,“पछिल्लो समय होटलहरुमा महिलाहरुको समेत नेतृत्व गर्न सक्षम भएको छन,जसले गर्दा कुनै पनि संघ संस्थाहरुलाई सहज रुपमा संचालन गर्न सकिन्छ ।” अध्यक्ष ग्राण्डनले कार्यक्रममा उपस्थित भएका दिदिबहिनीहरुलाई धन्यवाद दिदै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले सदैव होटल व्यवसायीहरुको हितमा रहेर काम गर्दै आएको हुदाँ यसमा सबैको साथ र सहयोगी रहनु पर्ने बताइन ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा होटल व्यवसायी संघका केन्द्रिय सदस्य तुलबहादुर कडेलले होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले गर्दै आएका हरेक क्रियाकलापहरु निकै प्रशंसनीय रहेका बताए । केन्द्रिय सदस्य कडेलले भने,“आफ्नो स्थापनाको अवधि धेरै नभएता पनि निकै राम्रा–राम्रा क्रियाकलापहरु गर्दे आएको हुदाँ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले सबै होटल व्यवसायीहरुको मन जित्न सफल भएको छ ।”


होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका सहसचिव रतन बुढाक्षेत्रीले सहजीकरण गरेको कार्यक्रममा होटल व्यवसायी संघका केन्द्रिय सदस्य गोपाल गिरी,पुर्व केन्द्रिय सदस्य प्रेम खरेल लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य खजुरा होटल व्यवसायी नन्दा खरेलले राखिकी थिइन । आयोजना गरीएको तिजको शुभकामना तथा दर खाने कार्यक्रममा बाँकेका खजुरा ,राझाँ ,नेपालगंज लगायतका क्षेत्रहरुबाट होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here