spot_img
Thursday, May 9, 2024
Homeखेलकुदबाँके जिल्ला फुटबल संघमा शाही पुनः निर्वाचित

बाँके जिल्ला फुटबल संघमा शाही पुनः निर्वाचित

spot_img

बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाही पुनः निर्वाचित भएका छन् । संघको शनिबार भएको साधारण सभा तथा निर्वाचनबाट शाही पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । जिल्लाका १२ वटा क्लवमध्ये ११ वटा क्लबले मतदानमा भाग लिएका थिए ।

धम्बोझी क्लवले केन्द्रमा मतदान गर्ने भएकाले यहाँ भाग लिएको थिएन । ११ वटा क्लवमध्ये शाहीले ९ मत ल्याएका थिए । अध्यक्षका प्रतिस्पर्धी रोयल नेपालगन्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि गौतमले दुई मत ल्याए । संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा गोवद्र्धनसिंह सम्झना, गोविन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र घले, राजु तामाङ, अर्जुन खड्का, इन्द्रबहादुर राना, ईश्वर चन्द, दिपु राना, भोजबहादुर शाही र देवेन्द्र केसी निर्वाचित भएका छन् । साधारण सभा तथा निर्वाचनमा केन्द्रबाट पर्यवेक्षकका रुपमा भरत बुढथापा आएका थिए ।

साधारण सभाको प्रमुख अतिथप् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह थिए । निर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने उद्घोष गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here